क्यान जाँदै गरेका क्षेत्रीलाई प्रश्नः प्रदिप अधिकारीलाई डीजी मान्नुहुन्छ कि निर्देशक ?

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को महानिर्देशक राजकुमार क्षेत्रीलाई अवकाश दिने निर्णय तत्काल नगर्न सर्वाेच्च अदातलले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीको अवकाश टुंगो नलाग्दासम्म अवकाश नदिन अन्तरिम आदेश जारी गरेको हो । ५८ वर्षे उमेर हदका कारण गत पुस २५ गते अनिवार्य अवकाश पाएको भन्दै प्राधिकरणले क्षेत्रीलाई पत्र दिएको थियो । तर, नेपाल नागरिक उडड्यन प्राधिकरण ऐन २०५६ को दफा १९ अनुसार आफ्नो चार वर्षे कार्यकाल २०८२ कात्तिक ८ गतेसम्म रहेको तर्क गर्दै क्षेत्रीले पूरा कार्यालय काम गर्न पाउनुपर्ने माग राख्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा सर्वाेच्चले आइतबार अन्तरिम आदेश जारी गर्दै मुद्धाको टुंगो नलाग्दासम्म अवकाश नदिने आदेश जारी गरेको हो । प्राधिकरणबाट क्षेत्रीलाई बिदाई गरेपछि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले क्यानको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरिसकेको छ । उनले गत माघ २० गते कार्यभार सम्हालिसकेका छन् । सर्वोच्चको अन्तरिम आदेशपछि क्यानमा दुई जना महानिर्देशक भएका छन् । सर्वोच्चको अन्तरिम आदेशपछि क्यान जान लागेको महानिर्देशक क्षेत्रीसँग विकासन्युजले कुराकानी गरेको छ । सर्वाेच्चको आदेश आयो, प्राधिकरण जानुहुन्छ कि हुँदैन ? सम्मानित सर्वाेच्च अदालतले मेरो पक्षमा आदेश दिएको छ । अदालतको आदेशपछि म आज प्राधिकरणमा हाजिर हुँदैछु । अहिले म बाटोमै छु । क्यानमा अर्को महानिर्देशक पनि हुनुहुन्छ, तपाईं गएर कुन कार्यकक्षको कुन कुर्सीमा बस्नु हुन्छ ? ठिक छ, यो झगडा गर्ने विषय होइन । सर्वाेच्चको आदेश सबैले मान्नुपर्छ, म पनि आदेश मान्दै आज कार्यालयमा जादँैछु । म कार्यालयमा गएर सल्लाह गर्छु । सर्वाेच्चको आदेश सबैले मान्नुपर्छ, आदेश अनुसार सल्लाह गरेर त्यही अनुसार गर्ने हो । सर्वोच्चको हादेशबाट आउनु फर्किनु भएको छ । विभगीय मन्त्री र सरकारसँग ‘टसल’ लिएर काम गर्न सक्नुहोला र ? म एकदमै राम्रोसँग काम गर्न सक्छु । मैले मेरो अधिकार अनुसार सर्वाेच्च गएको हुँ । अन्तरिम आदेशले फागनु ९ गते दुबै पक्षलाई बोलाएको छ । थप नयाँ निर्णय नहुँदासम्म म कार्यालय जान्छु । पछि थप आदेश जे आउँछ, त्यही कार्यान्वयन गर्नुको विकल्प छैन । आदेशमा तपाईं घर जानुस् भन्ने आयो भने सबै साथिहरुसँग सहर्ष रुपमा हात हल्लाएर बिदा हुन्छु । प्रदिप अधिकारीलाई महानिर्देशक मान्नुहुन्छ कि निर्देशकका रुपमा काम लगाउनुहुन्छ ? म अहिले कार्यालय जाँदैछु । कार्यालय गएर हाजिर गर्छु, त्यहाँको माहोल हेर्छु । त्यसपछि अदालतको जे आदेश आउँछ त्यही अनुसार थप निर्णय हुन्छ । अहिलेनै यो भन्ने निष्कर्ष भैसकेको छैन ।

क्यानको महानिर्देशकबाट क्षेत्रीलाई दिएको अवकाश रोक्न सर्वोच्चको आदेश

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल नगर्न सर्वाेच्च अदातलले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीको अवकाश टुंगो नलाग्दासम्म अवकाश नदिन अन्तरिम आदेश जारी गरेको हो । निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश दिएको हो । क्षेत्रीलाई ५८ वर्षे उमेदर हदका कारण पर्यटन मन्त्रालयले अवकाश दिएर उनको ठाउँमा प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरिसकेको छ । तर, अदालतको आदेशपछि अधिकारीले काम गर्न नपाउने भएका छन् ।

पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागारिक उडड्यन मन्त्री प्रमे आलेले नियमविपरित धर्मशालामा होटल सञ्चालन गरिएको भन्दै धर्मशालमा होटल सञ्चालन गर्न बतास ग्रुपले पाएको इजाजत खारेज गरेका थिए । मन्त्रीको निर्देशन विरुद्ध होटल सञ्चालकले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । उच्च अदालत पाटनले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश दिएको हो ।