काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजकुमार क्षेत्री र महानिर्देशक प्रदीप अधिकारीबीच छलफल भएको छ । सोमबार दुई जनाबीच क्यानमा भएको छलफल भएकाे हाे । छलफलमा ९ गतेको सर्वोच्च अदालतको निर्णय पर्खिने सहमति पनि भएको हो ।
महानिर्देशक पोखरेलका अनुसार दुई जनाबीच फागुन ९ गतेसम्म पर्खिने सहमति भएको हो ।
क्यानमा हाजिर गर्न पुगेका क्षेत्री हाजिर नै नगरी अधिकारीसँग छलफल गरेर बाहिरिएका छन् । आइतबार सर्वाेच्च अदालतले मुद्धाको टुंगो नलाग्दासम्म क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल नगर्न अन्तरिम आदेश दिएको थियो ।
‘५८ वर्ष पुगेपछि नेपालको कानुन अनुसार अनिवार्य अवकास पाइन्छ, मुद्दा ९ गते छ, अदालतले जुनसुकै फैसला दिएपनि मलाई स्वीकार्य छ, उहाँ मेरो आदाराणिय दाजु हुनुहुन्छ, उहाँ आएपछि उहाँसँग कुराकानी पनि भयो, फैसलाले हाजिर गर्न गर्नु भनेको छैन, त्यसैले उहाँ हाजिर नगरेर फर्किनु भयो, पहिलेको महानिर्देशका हैसियतले मैले सम्मान गरेँ,’ महानिर्देशक अधिकारीले भने ।

यस्तै, यस्तै, पूर्व महानिर्देशक क्षेत्रीले पनि हाजिर नगरेको धारणा राखे । ‘म हाजिर गर्न आएको हुँ, तर, यहाँको वकिलले अर्कै व्याख्या गरिदिनु भयो, मैले उहाँसँग किन विवाद गर्ने भनेर हाजिर गरेन, अब मेरो वकिलसँग परामर्श गरेर उहाँले भने अनुसार काम गर्छु, हामीबिच कानुन अनुसार अगाडि बढ्ने सहमति भएको छ,’ क्षेत्रीले भने ।
सर्वोच्च अदालको फैसला दुवै जनाले मान्ने सहमति भएको उनको भनाई छ ।
सोही आदेश बोकेर क्षेत्री सोमबार प्राधिकरण पुगेका थिए । क्षेत्रीले ५८ वर्षे उमेर हदका कारण गत पुस २५ गतेनै अवकाश पाएपछि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले ई। प्रदीप अधिकारीलाई महानिर्देशनका रुपमा नियुक्त गरिसकेको थियो ।
सरकारले अनुमति सँगै उनले गत माघ २० गते कार्यभार सम्हालिसकेका छन् । क्षेत्री सोमबार सर्वाेच्चको पत्र बोकेर क्यान पुगेपछि दुई महानिर्देशकबीच छलफल भएको हो ।