याक एण्ड यती होटललाई कारवाहीपछि सम्पर्कमा आउन थाले क्यासिनो सञ्चालक

<p>काठमाडौं । सरकारले होटल याक एण्ड यतीमा सञ्चालित क्यासिनोलाई कारवाही गरेपछि अन्य क्यासिनो सञ्चालक सम्पर्कमा आउन थालेका छन् । लामो समयदेखि क्यासिनो सञ्चालकले बक्यौता रकम भुक्तानी नगरेपछि पर्यटन मन्त्रालयले २ होटलमा सञ्चालित क्यासिनोलाई कारवाही गर्दै इजाजत रद्दको निर्णय गरेको थियो । मन्त्रालयले बक्यौता भुक्तानी नगर्ने अन्य क्यासिनोलाई समेत कारवाही गर्ने चेतावनी दिएपछि केही क्यासिनोका सञ्चालकहरु [&hellip;]</p>

काठमाडौं । सरकारले होटल याक एण्ड यतीमा सञ्चालित क्यासिनोलाई कारवाही गरेपछि अन्य क्यासिनो सञ्चालक सम्पर्कमा आउन थालेका छन् ।

लामो समयदेखि क्यासिनो सञ्चालकले बक्यौता रकम भुक्तानी नगरेपछि पर्यटन मन्त्रालयले २ होटलमा सञ्चालित क्यासिनोलाई कारवाही गर्दै इजाजत रद्दको निर्णय गरेको थियो ।

मन्त्रालयले बक्यौता भुक्तानी नगर्ने अन्य क्यासिनोलाई समेत कारवाही गर्ने चेतावनी दिएपछि केही क्यासिनोका सञ्चालकहरु सम्पर्कमा आउन थालेका हुन ।

मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार केही क्यासिनो सञ्चालक कम्पनीहरुलाई नेपाल सरकार (मन्त्रीस्तर) २०७८ माघ २६ को निर्णयअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाएपछि बक्यौता भुक्रानीका लागि सम्पर्कमा आउन थालेका छन् ।

जसमध्ये फागुन २ गते मात्रै सेन्ट्रल मिडिया प्रालिले ४ करोड रुपैयाँ बैंकमा जम्मा गरिसकेको छ ।

यस्तै, सरकारले विभिन्न पाँच तारे होटलमा सञ्चालित क्यासिनोबाट करिब २ अर्ब रुपैयाँ राजश्व उठाउन बाँकी रहेको छ ।

जसमध्ये सरकारबाट अनुमतिप्राप्त क्यासिनोबाट चालु आर्थिक वर्षको ७ महिना (गत साउनदेखि माघ मसान्तसम्म) रोयल्टी स्वरुप ७५ करोड ४५ लाख र १४ करोड २० लाख बैंक जमानत प्राप्त भएको छ ।

आर्थिक वर्ष २०७६/७७ सम्म विभिन्न क्यासिनो सञ्चालक कम्पनीहरुले ८४ करोड ८४ लाख ४७ हजार ८४८ रोयल्टी शीर्षकमा राजश्व बुझाउन बाँकी रहेको छ । यस्तै, कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा १ अर्ब ९० करोड ९९ लाख ५५ हजार ९२६ रुपैयाँ लगत कसिएकोमा थियो ।

Share News