काठमाडौं । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र छिर्न प्रिपेड टिकट अनिवार्य गरिएको छ । विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका हुन् ।
यसअघि आन्तरिक उडानका लागि मोबाइलमा टिकट नम्बर देखाएर यात्रा गर्न पाउने गरेकोमा अबदेखि यात्रुले डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका हुन् ।
वायुसेवा कम्पनीहरुले एक सूचना जारी गर्दै आजदेखि विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ लाई अनिवार्य गरिएको जनाएका छन् । सो व्यवस्था लागु भएसँगै अब डिजिटल टिकट वा प्रिन्ट टिकट देखाउनु पर्नेछ ।