काठमाडौं । उच्च अदालत पाटनले बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागारिक उडड्यन मन्त्री प्रमे आलेले नियमविपरित धर्मशालामा होटल सञ्चालन गरिएको भन्दै धर्मशालमा होटल सञ्चालन गर्न बतास ग्रुपले पाएको इजाजत खारेज गरेका थिए ।
मन्त्रीको निर्देशन विरुद्ध होटल सञ्चालकले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
उच्च अदालत पाटनले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश दिएको हो ।