हिमालय एयरलाइन्सको दमाम र रियादको लागि उडान पुन: सुचारु

<p>काठमाडौं । हिमालयन एयरलायन्सले दमाम र रियादका लागि उडानहरू पुन: सुचारु गरेको छ । एयरलायन्सले आइतबारबाट दमाम र रियादका लागि उडानहरू सुचारु गरेको हो । साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भएपछि हिमालय एयरलाइन्सले ९ देखि १२ फेब्रुअरी, २०२२ सम्म दमाम र रियादका लागि उडानहरू बन्द गरेको थियो । यस्तै एयरलाइन्सले ९ र १० तारिकका दिन विमानस्थल [&hellip;]</p>

काठमाडौं । हिमालयन एयरलायन्सले दमाम र रियादका लागि उडानहरू पुन: सुचारु गरेको छ । एयरलायन्सले आइतबारबाट दमाम र रियादका लागि उडानहरू सुचारु गरेको हो ।

साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भएपछि हिमालय एयरलाइन्सले ९ देखि १२ फेब्रुअरी, २०२२ सम्म दमाम र रियादका लागि उडानहरू बन्द गरेको थियो ।

यस्तै एयरलाइन्सले ९ र १० तारिकका दिन विमानस्थल पुगेका यात्रुहरुको टिकटको पूर्ण रकम फिर्ता र आवासको व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण समेत गरेको छ ।

यसबाहेक १० फेब्रुअरी, २०२२ पछि यी क्षेत्रहरूका लागि अग्रिम टिकट बुक गरेका यात्रुहरूले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ्ग गर्न आफ्ना सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एअरलाइन्सको बिक्री कार्यालयमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

 

Share News