क्यानको महानिर्देशकबाट क्षेत्रीलाई दिएको अवकाश रोक्न सर्वोच्चको आदेश

<p>काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल नगर्न सर्वाेच्च अदातलले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीको अवकाश टुंगो नलाग्दासम्म अवकाश नदिन अन्तरिम आदेश जारी गरेको हो । निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल नगर्न सर्वाेच्च अदातलले अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीको अवकाश टुंगो नलाग्दासम्म अवकाश नदिन अन्तरिम आदेश जारी गरेको हो ।

निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश दिएको हो ।

क्षेत्रीलाई ५८ वर्षे उमेदर हदका कारण पर्यटन मन्त्रालयले अवकाश दिएर उनको ठाउँमा प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरिसकेको छ । तर, अदालतको आदेशपछि अधिकारीले काम गर्न नपाउने भएका छन् ।

Share News