होटलको हब बन्दै म्याग्दी, ३० करोड बढीको लगानीमा तातोपानी र गलेश्वरमा ठूलो दुई होटल बने
काठमाडाैं। म्याग्दीको तातोपानी र गलेश्वरमा स्तरीय होटेल निर्माण पछिल्लो समय म्याग्दीको पर्यटकीयस्थल भुरुङतातोपानी र मुक्तिनाथ प्रवेशद्वारका रुपमा मानिएको गलेश्वरमा करोडौँ रुपैयाँको लगानीमा पर्यटक लक्षित स्तरीय होटेल निर्माण हुन थालेको छ । उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र भुरुङतातोपानीमा रु २५ करोडको लगानीमा धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो होटेल निर्माण भएको छ भने गलेश्वरमा रु सात करोडको लगानीमा होटेल ताजमहल सञ्चालनमा आएको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले रु २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटेल नेचुरल स्प्रिङ प्रालि’ निर्माण गर्नुभएको हो । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी राउण्ड अन्नपूर्णको आकर्षक पर्यटकीय गन्तव्य स्थल हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रोयल, डिलक्स र साधारण गरेर तीन स्तरका सुविधासहितको कोठाहरुको व्यवस्था रहेका हमालले बताए । उनका अनुसार अहिले होटलको ७५ प्रतिशत निर्माण कार्य सकिएको छ । करिब आठ रोपनी क्षेत्रफलमा ६ तलाको भवन निर्माण भइरहेको छ । होटेल आगामी भदौदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । होटेलमा पार्किङ र लिफ्ट सुविधासँगै १५० जना क्षमताको सेमिनार हल, मसाज, क्याफे र लोकलमार्टसमेत सञ्चालनमा आउनेछन् । होटेल सञ्चालनमा आएसँगै पहिलो चरणमा ४० जनाले नियमित रोजगार पाउने सञ्चालक हमालले जानकारी दिए । रु २२ करोड लागत अनुमान गरिएको भए पनि कोरोना महामारीका कारण निर्माण सामग्रीको अभाव, निर्माण कार्यमा भएको प्रभाव र सामान ढुवानीमा भएको असुविधाले लागत बढ्ने भएको उनले बताए । “क्षमताको हिसाबले धौलागिरि क्षेत्रकै ठूलो हुन्छ, सुविधामा समेत स्टार होटेलका सुविधा उपलब्ध गराउँछौँ, सुविधायुक्त होटेलले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सघाउने अपेक्षा हामीले गरेका छौं”, उनले भने । पोखरादेखि कुस्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एकमात्रै बेनी–जोमसोम–कोरला सडकमा होटेल सञ्चालनमा आएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्ब्याउन टेवा पु¥याउने अपेक्षा गरिएको स्थानीय पर्यटन व्यवसायीसमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य आत्मा तुलाचनले बताए । तातोपानीमा अहिले ठूला सात र साना १५ गरि जम्मा २२ वटा होटेल सञ्चालनमा छन् । ती होटेलमा ४०० जनासम्म पर्यटकहरु बस्न सक्ने क्षमता छन् । अन्नपूर्ण राउन्ड पदमार्ग र मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम सडकखण्डले समेटिएको ठाउँ भएकाले तातोपानीमा सञ्चालनमा आउन लागेको यस होटेलले पर्यटकलाई आरामदायी बसोबासको प्रबन्ध मिलाउन र पर्यटन प्रवद्र्धनमा सघाउने स्थानीयवासीको भनाइ छ । गलेश्वरमा ७ करोडको लगानीमा बन्यो होटल आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढ्दै गएपछि मुस्ताङको प्रवेशद्वार मानिने पर्यटकीय जिल्ला म्याग्दीमा करोडौँको लगानीमा स्तरीय होटेल सञ्चालन हुने क्रम बढ्दै गएको छ । यसै क्रममा हालसालै म्याग्दीको गलेश्वरमा रु सात करोडको लगानीमा ‘ताज महल’ होटेल सञ्चालनमा आएकाे छ । २५ वर्षअघि कामको खोजीमा काभ्रेको धुलिखेलबाट म्याग्दी आएका टङ्कलाल श्रेष्ठले पर्यटक लक्षित सो स्तरीय होटेल सञ्चालनमा ल्याउने बताएका हुन् । बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वर मुस्ताङ र म्याग्दी आउने पर्यटकलाई लक्षित गरेर होटेल ताजमहल लज एन्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएको श्रेष्ठले बताए । चालिस वर्षीय श्रेष्ठले मिहिनेतको कमाई र सीपलाई होटेल क्षेत्रमा अघि बढाएका हुन् । गलेश्वरमा जग्गासहित करिब सात करोड लगानीमा १३ आना क्षेत्रफलमा पार्किङसहितको होटेल स्थापना गरेका छन् । सुविधा सम्पन्न होटेलमा सयजना पाहुनाहरु बस्न सक्छन्, सुविधाअनुसारको रु एक हजारदेखि तीन हजारसम्मको ३६ वटा कोठा छन् । चार कोठामा बाथटप, सबै कोठामा तातोपानी स्नान र इन्टरनेट सुविधासहितको पूर्वाधार रहेकोे होटेलमा मौलिक थकाली, इन्डियन, नेपाली खाजा र खानाको परिकारसहितको सेवाहरु रहेको सञ्चालक श्रेष्ठले बताए । विगतमा म्याग्दी मुस्ताङ आउने पर्यटकलाई होटेल सुविधा नहुँदा बागलुङ, कुश्मा, पोखरा पठाउनुपर्ने अवस्थाको अन्त्यका लागि भएपनि कोभिड–१९ को उच्च जोखिमका बीच पनि ठूलो लगानीमा होटेल निर्माण गरेको उनको भनाइ छ । होटेलमा काम गर्दाको अनुभव र कमाई प्रयोग गरेर होटेल सुरु गरेको श्रेष्ठले बताए । पछिल्लो समय म्याग्दीमा स्तरीय होटेल निर्माणको क्रम बढ्दै गएपछि पर्यटकलाई निकै सुविधा पुगेको छ । कोरोना सङ्क्रमणका कारण विगत दुई वर्षदेखि होटेल व्यवसाय फस्टाउन सकेको थिएन । अहिले भविष्यलाई लक्षित गरेर यहाँ स्तरीय होटेलहरु धमाधम निर्माण भइरहेका छन् । म्याग्दीमा होटेल र रेष्टुरेन्टमा मात्रै रु पाँच अर्बभन्दा बढी लगानी रहेको बताइएको छ । रासस
बैतडीको हवाई सेवा डेढ महिनापछि सञ्चालनमा
काठमाडाैं । डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो । मौसम खराब र यात्रु नपाउँदा डेढ महिनादेखि बन्द रहेको हवाई सेवा सञ्चालनमा आएको समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारी दिए । उनले भने, “यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा हुन सकेको थिएन, मौसम सुधार भएपछि सञ्चालनमा आएको छ ।” धनगढीबाट १३ यात्रु लिएर आएको र यहाँबाट १८ यात्रु लगेर जहाज गएको भट्टको भनाइ छ । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको छ । गएको डेढ महिनामा तराईमा हुस्सु नै पडाडमा वर्षा र हिमपातले गर्दा उडान हुन नसकेको हो । मौसम सफा हुँदै गएकोले अबदेखि साताको एकदिन शुक्रबार नियमित उडान हुने जनाइएको छ । गत वर्ष पनि एक महिना खराब मौसमका कारण हवाई सेवा बन्द भएको थियो । पाटन विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम साताबाट पुनः सञ्चालनमा आएको थियो । विसं २०३२ मा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।
काठमाडौं र पोखराका व्यवसायीको २ अर्ब लगानीमा फेवातालमा खुल्यो केबुलकार, स्थानीयलाई २५% सेयर
काठमाडौं । पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोटडाँडासम्म शुक्रबारदेखि ‘अन्नपूर्ण केबुलकार सञ्चालनमा आएको छ । फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्नको लागि अन्नपूर्ण केबुलकार प्रालीले केवलकार निर्माण गरेको हो । केबुलकार पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो रहेको छ । १३ वर्ष अगाडि अध्ययन भएर २ अर्ब भन्दा बढी लगानीमा निर्माण गरेर शुक्रबार देखि व्यवसायीक सेवा शुरुवात गरिएको अन्नपूर्ण केबुलकार प्रालीका निर्देशक तिर्थ त्रिपाठीले बताए । उनले केबुलकारको क्षमता १ घण्टामा २ हजार मान्छेहरु ओहोर दोहोर गराउने सक्ने रहेको बताए । त्रिपाठीले अहिले सञ्चालनमा आएको आधा क्षमताको मात्रै भएकाले जानकारी दिए । ‘१३ वर्ष अगाडि हामीले जापानी मुलुकको नेपाली नागरिक ताकासी म्याआराज्युलाई नेपालमा लिएर आएँ, उसलाई ल्याएर सर्भे गर्दा केवलकारको लागि यो स्थान उचित लाग्यो। त्यसपछि यहाँ र माथि केही जग्गा किन्यौँ, जग्गा बइना लगाएर अन्नपूर्ण केवलकार प्राली भनेर कम्पनी दर्ता गरायौँ, कम्पनी दर्ता गरेर काम अगाडी बढायौँ, अहिले सफल भएका छौँ, यो केवलकारको क्षमता १ घण्टामा १५ सय जना मान्छेहरु ओहोर दोहोर गर्न सक्छन्, केवलकारले एक घण्टामा २ हजार जनाले सेवा लिन सक्छन,’ उनले भने । त्यस्तै अन्नपूर्ण केबुकार प्रालीका प्रबन्ध निर्देशक दिनेश पौडेलले केबुलकार पोखराको गहना भएको बताए । उनले फेवातालबाट सारङकोटसम्म केबुलकारबाट ९ मिनेटमा पुग्न सकिने बताए । केवकारमा बसेर फेवाताल सनराइजहरु र इन्टरनेशनल एयरपोर्टहरु लगायत उत्तरतिर भएका हिमालहरु सुर्यदय उदायको र अस्ताएको मनमोहक दृश्यहरु अवलोकन गर्न सकिन्छ । ‘केही समयपछि आफ्नै प्राङगणभित्र स्काई साइकल र जिपलाइनहरु र सुइमिङ लिएर आएका छौँ, यो १५ दिनभित्र तयार हुन्छ, पोखरा प्रर्यटकिय गन्तव्य भएकाले जसरी फेवातालमा ढुङगा चढ्ने गरेका छन्, त्यसरी नै केवलकार चढ्ने छन्,’ उनले भने । केबुकारले आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक संचालन गर्ने तयारी गरेको छ । स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको हो । अंग्रेजी नयाँ वर्षक दिनदेखि व्यावसायिक संचालनको योजना रहेपनि प्राविधिक समस्याका कारण ढिलाइ भएको हो । केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन एक हजार ४६५ मिटर रहेको छ। प्राकृतिक सुन्दरताले भरिएको पोखरामा केबुलकार पर्यटकको नयाँ गन्तव्य र रोजाइ बन्नेछ। प्राकृतिक सुन्दरताले विश्वमा नै ख्याति कमाएको सहरमा नयाँ गन्तव्यले पर्यटकको बसाइ लम्बाउन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । केबुलकार सञ्चालनपछि सुन्दर फेवाको किनारबाट केबुलकारमा चढेर ताल र हिमालर पोखरा शहर हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाएका छन । सराङकोट सूर्योदय र सूर्यास्तसहित हिमाल र तालको दृश्यावलोकनका लागि प्रख्यात छ। केबुलकारमा हालसम्म २ अर्ब लगानी भएको छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न जारी बन्दाबन्दीका कारणले पनि परियोजना सम्पन्न हुन ढिलाइ भएको र लागत बढेको हो। केबुलकारमा जडान गरिएका उपकरण र प्रविधि पछिल्लो समयमा विकास भएको आधुनिक भएको बताइन्छ। जापानको ‘निप्पल केबुल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको छ । केबुलकारमा पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी छ। कम्पनीले नेपालीका लागि ७ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय रुपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरिएको छ। ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ। स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत आयोजनामा लगानी गरिएको छ ।