अब लघुवित्तले पनि ऋणपत्र निष्काशन गर्न पाउने
काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले पनि ऋणपत्र जारी गर्न पाउने छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै सो व्यवस्था गरिने बताएका हुन् । यससँगै लघुवित्तहरुले चालु आर्थिक वर्षदेखि चुक्ता पुँजीको २५ प्रतिशतसम्मको ऋणपत्र निष्काशन गर्न पाउने भएका छन् ।
मौद्रिक नीतिः यो वर्ष कर्जाको व्याज बढ्न सक्छ, मूल्य बृद्धि ६.५ प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जाको व्याज बढ्न सक्ने प्रक्षेपण गरेको छ । बजारमा तरलता कम हुँदै गएकोले कर्जाको व्याज बढ्न सक्ने प्रक्षेपण गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । यस्तै, चालु आर्थिक वर्षमा मूल्यबृद्धिदर ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राष्ट्र बैंकको छ । चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ कर्जाको बृद्धिदर १९ प्रतिशत हुने अनुमान गरिएको छ ।
आइ सि एफ सि फाइनान्सको २० औं शाखा रुपन्देहीमा
काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले रुपन्देहीको तिलोत्तमामा शाखा विस्तार गरेको छ । फाइनान्सले देशभर शाखा कार्यालय विस्तार गर्ने क्रममा तिलोत्तमा नगरपालिका वडा नं.१, ड्राइभरटोलमा २० औं शाखाको रुपमा सञ्चालनमा ल्याएको हो । आइ.सि.एफ.सि.फाइनान्सले विगत १७ वर्षदेखि मोबाइल बंैकिङ, इन्टरनेन्ट बैकिङ, लकर, एटीएम, सी–आस्वा, रेमिटेन्स, विभिन्न प्रकारका निक्षेप, कर्जा तथा अन्य बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । हालसम्म २० वटा शाखा कार्यालय, एक एक्स्टेन्सन काउण्टर र १९ वटा ए.टि.एम. मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको छ । १ अर्ब २ करोड ४२ लाख चुक्तापुँजी रहेको फाइनान्सले हालसम्म ७६ हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै १५ अर्ब २१ करोड निक्षेप संकलन र ११ अर्ब ६१ करोड कर्जा लगानी गरेको छ ।