
काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले पनि ऋणपत्र जारी गर्न पाउने छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै सो व्यवस्था गरिने बताएका हुन् ।
यससँगै लघुवित्तहरुले चालु आर्थिक वर्षदेखि चुक्ता पुँजीको २५ प्रतिशतसम्मको ऋणपत्र निष्काशन गर्न पाउने भएका छन् ।