एशियन लाइफका सीईओ श्रेष्ठले दिए राजीनामा

काठमाडौं ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

कम्पनीको सञ्चालक समितिको कात्तिक ८ गते बसेको २२३औं बैठकले श्रेष्ठले दिएको राजीनामा कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको छ।

साथै अर्काे व्यवस्था नभएसम्मका लागि कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठलाई कात्तिक १० गतेदेखि लागू हुने गरी कायम मुकायम सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । 
 

Share News