काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् ।
कम्पनीका अनुसार कार्कीले कार्यव्यस्तताको कारण देखाउँदै २०८३ कात्तिक ९ गते राजीनामा दिएका हुन् ।
उनले दिएको राजीनामा कम्पनीको कात्तिक १० गते बिहान ९ बजे बसेको सञ्चालक समितिको २२४औँ बैठकले स्वीकृत गरेको हो ।
कम्पनीले राजीनामाबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ ।