काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले रुपन्देहीको तिलोत्तमामा शाखा विस्तार गरेको छ । फाइनान्सले देशभर शाखा कार्यालय विस्तार गर्ने क्रममा तिलोत्तमा नगरपालिका वडा नं.१, ड्राइभरटोलमा २० औं शाखाको रुपमा सञ्चालनमा ल्याएको हो ।
आइ.सि.एफ.सि.फाइनान्सले विगत १७ वर्षदेखि मोबाइल बंैकिङ, इन्टरनेन्ट बैकिङ, लकर, एटीएम, सी–आस्वा, रेमिटेन्स, विभिन्न प्रकारका निक्षेप, कर्जा तथा अन्य बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
हालसम्म २० वटा शाखा कार्यालय, एक एक्स्टेन्सन काउण्टर र १९ वटा ए.टि.एम. मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको छ ।
१ अर्ब २ करोड ४२ लाख चुक्तापुँजी रहेको फाइनान्सले हालसम्म ७६ हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै १५ अर्ब २१ करोड निक्षेप संकलन र ११ अर्ब ६१ करोड कर्जा लगानी गरेको छ ।