मानुषी लघुवित्तको आईपिओ बिक्रि खुला
काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्थाले आज (साउन २७ गते बुधबार)देखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेकाे छ । संस्थाले एक सय रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेकाे हाे । जसमध्ये १० करोड ९३ लाख रुपैयाँ जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५४६९ कित्ता सेयर कर्मचारी तथा सर्वसाधारणलाई छुट्याएको छ । त्यस्तै, ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ६ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न संस्थाले जनाएको छ । यससँगै इच्छुकले छिटोमा साउन ३१ गतेसम्म सेयरमा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्मा माग बमोजिम बिक्री नभएमा भदौ ९ गतेसम्म सेयर निष्काशन बिक्री खुला हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जानकारी गराएको छ । हाल लघुवित्तको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड ९३ लाख रुपैयाँ र चुक्ता पुँजी ७ करोड रुपैयाँ मात्रै रहेको छ । आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्ने छ ।
सानिमा लाइफ इन्स्याेरेन्सले गर्याे ९३ लाख मृत्यु दाबी भुक्तानी
काठमाडाैं । सानिमा लाइफ इन्स्याेरेन्स ९३ लाख रुपैयाँकाे मृत्यु दाबी भुक्तानी गरेकाे छ । कम्पनीले बिमित प्रकाश पुडासैनीको असामयिक निधन हुन गएकोमा निजको हकवाला श्रीमतीको नाममा दाबी भुक्तानी ९३ लाख ५२ हजार ५०० रुपैयाँ प्रदान गरेकाे हाे । उक्त दाबी रकम कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठले मृतक पुडासैनीकी श्रीमती सुवार्ना थापालाई चेक हस्तान्तरण गरेका थिए ।
उल्लेख्य उपकरण नभएकोले लघुबीमा सेवा प्रदान गर्न सकिएन: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले साना मझौला तथा घरेलु व्यवसायीको संरक्षणको लागि आवश्यकता अनुसार लघुबीमा सेवा प्रदान गर्न नसकिएको बताएका छन् । मंगलबार आर्थिक श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले बीमाको क्षेत्र तथा बीमा सेवाका उपकरणहरुमा पर्याप्त विविधिकरण भई नसकेका कारण उक्त सेवा प्रदान गर्न नसकिएको बताएका हुन् । उनले जनसंख्याको ठूलो हिस्सा बीमा सेवाको पहुँचबाट बाहिर रहेको अवस्थामा रहेकाे बताएका छन् । उपलब्ध पछिल्लो तथ्याङ्कानुसार आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा २७.० प्रतिशत जनसंख्यामा मात्र बीमाको पहुँच पुगेको उनले बताए । साथै, हालसम्म बीमा कम्पनीहरुले बीमा प्रिमियम बापत १ खर्ब ५३ अर्ब रुपैयाँ परिचालन गरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा कुल बीमामा लघुबीमाको अनुपात ६.० प्रतिशत रहेको छ।