मौद्रिक नीतिः सीडी रेसियो ९० प्रतिशत, सीसीडी खारेज

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि लगाउदै आएको पुँजी कर्जा निक्षेप (सीसीडी) अनुपात सम्बन्धी व्यवस्था हटाएको छ । अर्थतन्त्रमा थप पुँजी आवश्यक भएको भन्दै राष्ट्र बैंकले यस्तो नीतिगत व्यवस्था गर्न लागेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएको हो । बैंक तथा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि लगाउदै आएको पुँजी कर्जा निक्षेप (सीसीडी) अनुपात सम्बन्धी व्यवस्था हटाएको छ । अर्थतन्त्रमा थप पुँजी आवश्यक भएको भन्दै राष्ट्र बैंकले यस्तो नीतिगत व्यवस्था गर्न लागेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तसम्ममा कर्जा-निक्षेप (सीडी) अनुपात अधिकतम ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरी विद्यमान कर्जा-स्रोत परिचालन (सीसीडी) अनुपात सम्बन्धी व्यवस्था खारेज गरिने मौद्रिक नीतिमा उल्लेख छ । पुँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र वाहेकका ऋणपत्र र सापटीलाई उपरोक्त बमोजिमको कर्जा-निक्षेप अनुपातमा समायोजन गर्न सकिने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

Share News