२१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न
काठमाडौं । काठमाडाैं महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ । शनिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले इनाखास्थित मन्दिर २१ औँ गणेश मन्दिरको उद्घाटन गर्दै महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताएका हुन् । महानगरले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माण गरिरहेको बताउँदै उनले यहाँ रहेका ३२ वटै वडाका पुरातात्त्विक तथा ऐतिहासिक कुराहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । मेयर शाक्यले काठमाडौँ आउने पर्यटकहरूले काठमाडौँ घुम्नका लागि र बुझ्नका लागि पनि ऐतिहासिक कुराहरू जोगाइरहनुपर्ने बताए । मेयर शाक्यले भने, ‘हामीले सांस्कृतिक शहर, काठमाडौँ महानगर भनेर घोषणा गरेका छौँ । त्यहीअनुसार हामी निर्वाचित भइसकेपछि सबैभन्दा पहिलो प्राथमिकता यहाँको सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न दिएका छौँ । अब यसलाई पर्यटनसँग जोड्ने हाम्रो सिद्धान्त हो । त्यही अनुसार हामीले काम गर्दै गइरहेका छौँ । यस वर्षको बजेटमा पनि हामीले पहिलो प्राथमिकता पूर्वाधार, दोस्रो सम्पदा पुनर्निर्माणमा छ ।’ तर, मेयर शाक्यले कतिपय स्थानमा पुरातत्त्व विभागसँग समन्वय हुन नसकेको र गुठीसँग समन्वय नहुँदा सम्पदा पुनर्निर्माणमा समस्या भइरहेको बताए ।
कमेडी च्याम्पियनः २५ लाख नगद र गाडी पाउने सम्भावना कसको ?
काठमाडौं । लोकप्रिय रियालिटी सो ‘कमेडी च्याम्पियन’ले आज आफ्नो दोस्रो सिजनको विजेता पाउँदैछ । असोज २ गते टप–३ मध्येबाट विजेता घोषणा हुनेछन् । प्रतिस्पर्धी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापामध्ये को बन्लान् त दोस्रो कमेडी च्याम्पियन ? यो प्रश्न र जिज्ञासा भने सबैको मनमा छ । दोस्रो सिजनको उपाधिको प्रतिष्पर्धामा होमिएका पौडेलको घर ताप्लेजुङ, थापाको गोरखा र विक्कीकोे घर सिक्कीम हो । ती तीन जनाबाट भोटिङका आधारमा कमेडी च्याम्पियनको विजेता घोषणा गरिनेछ । कमेडी च्याम्पिनयको टप–३ मध्ये भरतमणि सबैभन्दा बलिया दाबेदार मानिन्छन् । अहिले भरतमणिको चर्चा सर्वत्र छ । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटादेखि पूर्व युवराज पारस शाहसम्मका प्रस्तुती दिएर चर्चामा आएका उनी विजेताको प्रमुख दावेदारका रुपमा धेरैले लिएका छन् । उनीसँगै अर्का प्रतिस्पर्धी विक्की अग्रवाललाई पनि कम मान्न सकिँदैन । उनी पनि विजेताको मुख्य दावेदार हुन् । सिक्किमका स्टेजहरूमा यसअघि नै लोकप्रिय बनिसकेका उनले यो रियालिटी सोमा पनि अधिकांशको मन जिते । उनले नेपालीसँगै सिक्कीमवासीको पनि भोट पाउनेछन् । त्यसैले पनि उनी विजेताका लागि िमुख्य दावेदारका रुपमा धेरैले लिएका छन् । यस्तै, कमेडी च्याम्पियनका टप थ्रीमा पर्न सफल कमेडियन हुन् सन्तोष थापा । थापाले अर्का दुई जनाको तुलानामा आफ्नो प्रगतिको ग्राफ उच्च बनाएका छन् । छोटो अवधिमै आफ्नो प्रस्तुतीमा उनले निकै निखार ल्याएका छन् । उनको प्रोगेसको ग्राफ निरन्तर उकालो लागेको देखिन्छ । प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालादेखि नेपाली टिचरसम्मको प्रस्तुती दिएका उनको अभिनयले पनि धेरैलाई छोएको छ । त्यसैले पनि पनि विजेताका लागिकडा दावेदार हुन् । तीन जनामध्ये विजेताले विजेताले २५ लाख रूपैयाँ र कार पाउने छन् भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउने छन् ।
काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकमा शिवम् सिमेन्ट
काठमाडाैं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्टले गर्ने भएको छ । यहि असोज ९ गतेदेखि असोज २३ गतेसम्म किर्तिपुरस्थित टियु मैदानमा हुन गईरहेको बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौं किङ्गस् इलाभेनमा आवद्ध हुने छ । हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किङ्स ११ को तर्फबाट टेली होल्डिङ्सबीच सम्झौता हस्ताक्षर भएको थियो । शिवम्ले काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आवद्ध हुने जनाएको छ । टियू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने बजाज पल्सर एभरेष्ट प्रिमियम लिगमा ६ टिमहरु सहभागि हुनेछन् । बहुचर्चित नेपाली बलर सन्दिप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौं किङ्गस् इलाभेन टिममा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन् भने गुल्शन झा, सुवास खकुरेल र सिद्धान्त लोहनी सहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू रहेका छन ।