काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रनको योगफल तयार पारेको हो ।
सुदूरपश्चिमका लागि सैफ जैबले ३५, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४ रन बनाए ।
त्यस्तै, इशान पाण्डेले २३, थरिन्दु रथनायकेले २२, अविजित रहेका स्कट कुगेलेइन १३, आरिफ शेखले ११ र कप्तान दीपेन्द्र ऐरीले १० रन बनाए ।
कर्णालीका लागि मार्क वाटले दुई विकेट लिए । त्यसैगरी, नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक विकेट लिए ।
सुदूरपश्चिमले टस हार्दै ब्याटिङमा उत्रिएको थियो । सुदूरपश्चिमको यो जारी एनपीएलमा पाँचौं खेल हो भने कर्णालीको चौंथो खेल हो ।
सुदूरपश्चिम ४ अंकसहित तालिकाको छैटौं स्थानमा छ भने कर्णाली याक्स पनि ४ अंकसहित तेस्रो स्थानमा छ ।