वहस: नेपाली चलचित्रको बजार हल कि डिजिटल ?
काठमाडौ । नेपाली चलचित्रको बजार हल र डिजिटल प्लेट फर्म दुवै भएको चलचित्रकर्मीहरुले बताएका छन् । कोरोनाबाट थलिएका नेपाली चलचित्रको बजार हल कि डिजिटल भन्ने विषयमा असोज २२ गते शुक्रबार अनलाइन मार्फत भएको बहसमा चलचित्रकर्मी तथा प्रदर्शकहरुले उक्त कुरा बताएका हुन् । अब बजार भनेकै डिजिटल प्रणाली भएकोले भन्दै अफ्नो नयाँ चलचित्र ‘एक‘ विभिन्न डिजिटल प्लेटमार्फत रिलिज गरेका निर्देशक मनोज पण्डित ले यस प्रविधिको प्रयोगमा भने अन्यौल रहेको बताए । चलचित्र प्रदर्शन गर्न सहज भएपनि डिजिटल प्रविधि सम्बन्धिक जागरुकता कम रहेको र यसलाई क्रमश प्रविधिमैत्री बनाउन पर्ने निर्देशक पण्डितले बताए । डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले डिजिटल प्रविधि विकासको एकदमै प्ररम्भिक चरणमा रहेकोले अहिले पनि हल चलचित्रको पहिलो बजार हो भने डिजिटल दोश्रो बजार भएको बताएको छन् । उनले ठुलो लगानी हुने भएको हुँदा आफुले योजनाबद्ध तरिकाबाट कार्य गर्दैै आएको र डिजिटल प्रविधिबाट नेपाली चलचित्रको बजार विस्तार हुने कुरामा विश्वास व्यक्त गरे । सोही कार्यक्रममा हल संचालक तथा निर्माता नरेन्द्र मर्हजनले हल र डिजिटल प्लेटफर्म दुवैलाई संगसंगै लैजानुपर्ने बताए । बजार जति बिस्तार भयो त्यतिनै निर्माता सुरक्षित हुने बताउदै अब चलचित्रसंगै हल र डिजिटल प्लेटर्फलाई प्रविधिमैत्री बनाउनु पर्नेमा उनले जोड दिए । त्यस्तै यही असोज २६ गतेबाट आफ्नो चलचित्र ‘डाँडाको बरपिपल’ हलमा रिलिज गर्न लागेका निर्देशक सोभित बस्नेतले हल संचालनमा आएकोले दर्शक आए नआए पनि चलचित्र क्षेत्रलाई चलायमान बनाउन आफुले फिल्म प्रदर्शन गर्न तयार भएको बताए । कसै न कसैले त जोखिम मोल्नु नै थियो, म तयार भए भन्दै हलपछि मात्र म डिजिटल प्रविधिमा जान्छु भन्दै उनले पनि डिजिटलले नेपाली चलचित्रको बजारलाई विस्तार गरेको बताए । हलको बिषयमा आज सम्म वहस नभएको र यस बिषयमा बहस गराएर नेपाल चलचित्र तथा साँस्कृति प्रतिष्ठान राम्रो शुरुवात गरेको बताउदै निर्देशक पण्डितले हलमा लक्जरी सिट, पर्दा भएपनि अब हल मनोबिज्ञान रुपमा पुरानो भएको बताउँदै तसर्थ अवको चलचित्र प्रदर्शन स्वतन्त्र हुनुपर्छ भन्दै उनले त्यो स्वतन्त्रता डिजिटल प्रविधिमा मात्र सम्भव भएको तर्क पेश गरे । तसर्थ अब वैकल्पिक प्लेटर्फमको अवधारण डिजिटल प्रविधिमा नै जोड दिइनुपर्ने पण्डितको भनाई छ । उनले निर्माता र फिल्मको स्तर अनुसार हल कि डिजिटल चयन हुनु पर्ने बताए । बहस कार्यक्रममा डिस होमका प्रबन्ध निर्देशक सुदीप पआचार्यले सर्वर मार्फत चलचित्रलाई बिषेश रुपमा डिजिटल प्रचार प्रसार गर्ने बिभिन्न प्रविधि ल्याएको बताए । निर्देशक पण्डितले डिजिटल प्रविधिमा चलचित्र प्रर्दशन गर्दा पारदर्शिताको प्रश्न उठाउँदा डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिस होम पारदर्शी भएको र सरकारलाई अहिलेसम्म आठ अर्ब कर तिरेको दाबी गरे । उनले अब कन्टेन्टलाई पनि दिर्घकालीन रुपमा सोचेर चलचित्र निमार्ण गर्नु पर्ने बताए । विश्वव्यापीरुमा रहेका नेपाली दर्शकहरुले डिजिटल प्रविधिबाट नेपाली चलचित्र हेर्न थालेको अवस्थामा यसको बजार धेरै बिस्तार हुनेमा उनि विश्वस्त देखिए । त्यो सम्भावना देखेर नै आफुहरुले यस क्षेत्रमा कार्य गरिरहेको त्यसको परिणाम चाँडै आउने उनले बताए । कार्यक्रममा चलचित्र निर्देशक सोभित बस्नेतले नेपाली चलचित्र रिलिज हुने भनेकोले हलमा चलचित्र रिलिज गर्नुपर्ने बताए । उनले हल चलयमान बनाउनु पर्नेमा जोड दिए । पहिलो प्राथमिकतामा हल र दास्रो डिजिटल प्लेटर्फमको पक्षमा आफू रहेको बताउँदै हलबाट पैसा उठ्ने तर डिजिटल प्लेटर्फमबाट मात्र लगानी उठाउन कठिन हुने उनको भनाई छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान द्धारा आयोजना गरिएको बहस कार्यक्रमा नेपाली चलचित्रलाई अव डिजिटल प्रबिधिबाट अगाडी बढाइनु पर्नेमा जोड दिइएको छ ।
प्लाष्टिकलाई बोतलमा कोचेर बुझाए पैसा पाइने
काठमाडाैं । के तपाईले घरमा विभिन्न सामान किनेर जम्मा भएको प्लाष्टिकको झोला जलाउने गर्नुभएको छ ? वा फोहर फाल्ने ठाउँमा फाल्ने गर्नुभएको छ ? यदि यसो गर्ने गर्नुभएको छ भने अब प्लाटिककै बोतलमा प्लाष्टिक कोचोर थुपार्नुहोस् पैसा पाइन्छ । प्लाष्टिकको बोतलमा फोहरका रूपमा फालिने प्लाष्टिक कोचेर भर्नुभयो भने अब त्यो पनि बिक्री हुने भएको छ । बोतलमा भरिएको प्लाष्टिक वाग्मती सफाइ अभियानकर्मी उत्तम पुडासैनीले व्यक्तिगत तवरबाट खरिद सुरु गरेका हुन् । खरिद गरिएको बोतल कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षित गाई बाच्छा संरक्षण स्थलमा बगैँचा र स्तम्भ निर्माणमा प्रयोग गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका–५ नारायणटार मार्गस्थित मडगालमा रहेको तराना महिला विकास समितिका पदाधिकारी एवं सदस्यले प्लाष्टिकका झोला बोतलमा कोचेर बेची आयआर्जन गर्न थालेका छन् । टोललाई शून्य फोहरमा झार्न ३० घर यो अभियानमा संलग्न भएका महिलाले प्राप्त हुने रकम भने समाजसेवामा प्रयोग गर्ने भएका छन् । समितिले नै तीन महिनाअघि आयोजना गरेको फोहरमैला व्यवस्थापन तालिममा पुडासैनीले प्रमुख प्रशिक्षकका रुपमा प्रशिक्षण दिँदै प्लाष्टिकका झोला बोतलमा राखेर बगैँचा सजावट, स्तम्भ निर्माणलगायत काममा उपयोग गर्न सकिने भनी समुदायलाई प्रेरित गरेका थिए घरको फोहर बाहिर फाल्नु पाखण्डताको पराकाष्ठा भएकाले महिला समितिलाई आफैँ व्यवस्थापन गर्न प्रेरित गरिएको थियो । विसं २०७० फागुन ३ देखि गुह्येश्वरीमाथि वाग्मती सफाइ अभियानको नेतृत्व गर्दै आएका उनले वाग्मती सुन्दरता सरोकार मञ्च गठन गरेर समुदायलाई सचेत गराउँदै आएका छन् । ‘मुहानदेखि नै वाग्मती सफा गरौँ’ भन्ने नाराका साथ गुह्येश्वरीमाथिको वाग्मती सफाइ भइरहेको छ । घरघरबाट निस्कने प्लाष्टिक अन्तिममा वाग्मतीमै गएर फोहर हुने भएकाले टोलमै व्यवस्थापनका लागि यस्तो अभियान चलाइएको अभियानकर्मी पुडासैनीले सुनाए । समितिका सदस्यले तीन महिनामा ३० घरबाट निस्केको प्लाष्टिक ६० वटा बोतलमा खाँदेर बिक्री गरेका थिए । एउटैको करिब साढे आठ रुपैयाँमा बिक्री भएको छ । कुहिने फोहरलाई भने घरमै कम्पोष्ट मल बनाउन थालेका छन् । यसरी तयार पारिएको मल कौसी खेतीमा उपयोग हुँदै आएको छ । सफाइ अभियानलाई प्रभावकारी बनाउन मञ्चले बोतलमा कोचेर जम्मा गरिने सबै प्लाष्टिक किनिदिने र तिनलाई सङ्कलन गरेर विभिन्न रचनात्मक काममा उपयोग गरिने छ । नारायणटार मार्ग भनिने मडगालका महिलाले यो अभियानलाई निरन्तरता दिने भएका छन् । प्लाष्टिक कोचिएका बोतल निःशुल्क दिन चाहे पनि अभियानकर्मी पुडासैनीले मिहिनेतको फल दिनुभएकाले त्यसमा थप गरेर गोठाटारस्थित गाई बाच्छा संरक्षण अभियानलाई हस्तान्तरण गरिने समितिका अध्यक्ष वसन्ती लामाले बताए । अभियानलाई हस्तान्तरण गरिसकेपछि आजै अर्को एक धोक्रो बोतलमा भरिएका प्लाष्टिक समितिलाई प्राप्त भएको जनाइएको छ । मञ्चको नेतृत्वमा यस क्षेत्रको सफाइ अभियानको ४०७औँ हप्ताको कार्यक्रम आज गोठाटार पुलमा सम्पन्न गरिएको छ । सफाइमा पनि नदी किनारमा भेटिएका प्लाष्टिकलाई बोतलमा राखेर सफाइ गरिएको थियो । यस क्षेत्रमा कुहिने फोहरलाई भने नदी किनारमै खाडल खनेर पुर्ने गरिएको छ । नकुहिने प्लाष्टिकलाई बोतलमा राख्न थालेपछि नदी किनार सफा देखिन थालेको छ ।
मकवानपुर जिल्ला प्रशासनले बनायाे चाडपर्व लक्षित सुरक्षा योजना
हेटाैंडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दिपावली र छठ पर्वलाई लक्ष गरी सुरक्षा योजना बनाएको छ । नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्न र कोभिड–१९ कf कारण जनस्वास्थ्यको सुरक्षाका लागि पनि उक्त योजना ल्याइएको हो । कार्यालद्वारा जारी सुरक्षा योजनाअनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइने र आवतजावतका क्रममा यात्रु ठगिने अवस्था आउन नदिन तथा हैरानी हुने अवस्था आउन नदिन हेटाैंडा उपमहानगरपालिका क्षेत्रको बसपार्क र चौकी टोलमा रहेको सुमो काउन्टरमा ट्राफिकसहितको चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालन गरिने बताइएको छ । यसैगरी ट्राफिकमार्फत सचेतनामूलक सन्देश जारी गरिनाका साथै बजारमा हुनसक्ने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव हुन नदिन अनुमन गरी कारवाही गरिने प्रमुख जिल्ला अधिकरी भरतमणि पाण्डेले बताए । त्यस्तै कोभिड सङ्क्रमणको जोखिमीलाई ध्यानमा राखी सबै प्रकारका मेला, महोत्सव ,साङ्गीतिक कार्यक्रम, चिठ्ठा बिक्रीवितरण एवं चिठ्ठा खोल्ने कार्यक्रममा पूर्ण रोक लगाइने भएको छ । जुवा, तास र कौडा खेल्ने कार्य रोक्नाका लागि निरन्तर अनुगमन गरिने र मठमन्दिरलगायत अन्य धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी गराउन भिडभाड नहुने स्थिति सिर्जना गरिने बताइएको छ ।सुरक्षित एवं भयरहित वातावरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै चाडपर्व मनाउन पनि कार्यालयले अनुरोध गरेको छ ।