पैसा नभएको सिभिल बैंकको चेक काट्ने कट्टेललाई ६० लाख जरिवाना, ७ दिन कैद
काठमाडौं । सिभिल बैंकको बाउन्स चेक काट्ने ईलामका टंकनाथ कट्टेलल पक्राउ परेका छन् । ईलाम देउमाई गाविस वडा नं।९ साविक जितपुर गा।वि।स। वडा नं।४ घर भई हाल बिर्तामोड न।पा।वडा नं।५ मंगलदिप बस्ने वर्ष ४३ को टंक नाथ कट्टेलल लाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालालाई झुक्यानमा पारी सिभिल बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट गत वर्ष माघमा बैंकिङ कसुरको सजाय तोकिएको थियो । उनलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७९सात० दिन कैद र ६० लाख० जरिवाना ठहर भएको थियो । तर, उनी फरार थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले निज प्रतिबादीलाई बिर्तामोड,झापाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा पेश गरिएको हो । उनलाई अब ६० लाख रुपैयाँ जरिवाना र ७ दिन जेलमा राखिनेछ ।
बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन
काठमाडाैं । भारतीय कलाकार तथा बिग बाेस विजेता सिद्धार्थ शुक्लाको निधन भएकाे छ । भारतिय मिडियाका अनुसार हृदयघातकाे कारण शुक्लाकाे ४० वर्षकाे उमेरमा निधन भएकाे हाे । ‘बीग बोसल १३’को विजेता समेत रहेका उनकाे जन्म सन् १९८० मुम्बईमा भएको थियो । उनी भारतीय टेलिभिजन सिरियलका निकै परिचित अनुहार हुन् ।
मेरो डेका ६४ औं इ-काटा कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई ३ लाई स्वर्ण
काठमाडौं । मेरो डेकाले आयोजन गरेको ६४ औं इ-काटा कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपालको ३ जना खेलाडीले विभिन्न उमेर समूहमा प्रथम स्थान हासिल गरेका छन् । मलेसियाले आयोजना गरेको उक्त प्रतियोगितामा ७ वर्ष मुनिको उमेर समूहमा सम्भव बम ठकुरी, १० वर्ष मुनिको उमेर समूहमा गह्याल्मो सोमिका लामा र १७ वर्ष मुनिमा धेजेन डाेल्मा तामाङले पहिलले स्थान हासिल गरेका हुन् । यस्तै साेही प्रतियाेगितामा १० वर्ष मुनिको उमेर समूहमा युशुप्ना बम ठकुरी दास्रो भएकी छिन् । भर्चुअल रुपमा सम्पन्न भएकाे उक्त प्रतियोगितामा नेपालको तर्फबाट १० जना सहभागी भएका थिए । प्रतियोगितमा २५ वटा देशले सहभागिता जनाएको थियो ।