सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रनको योगफल तयार पारेको हो । सुदूरपश्चिमका लागि सैफ जैबले ३५, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४ रन बनाए ।  त्यस्तै, इशान पाण्डेले २३, थरिन्दु रथनायकेले २२, अविजित रहेका स्कट कुगेलेइन १३, आरिफ शेखले ११ र कप्तान दीपेन्द्र ऐरीले १० रन बनाए ।  कर्णालीका लागि मार्क वाटले दुई विकेट लिए । त्यसैगरी, नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक विकेट लिए । सुदूरपश्चिमले टस हार्दै ब्याटिङमा उत्रिएको थियो । सुदूरपश्चिमको यो जारी एनपीएलमा पाँचौं खेल हो भने कर्णालीको चौंथो खेल हो ।  सुदूरपश्चिम ४ अंकसहित तालिकाको छैटौं स्थानमा छ भने कर्णाली याक्स पनि ४ अंकसहित तेस्रो स्थानमा छ ।

एनपीएलमा आज ४ टोली मैदानमा, कर्णाली-सुदूरपश्चिम र चितवन-पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । तीन खेल खेलेको कर्णाली याक्स चार अङ्कसहित अङ्क तालिकाको तेस्रो स्थानमा छ । कर्णालीले तीनमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ ।  चार खेल खेलेको सुदूरपश्चिम रोयल्स चार अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । उसले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।  यसैगरी आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । उक्त खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ । तीन खेल खेलेको चितवन राइनोज एक जित, एक हार र वर्षाका कारण एक खेल रद्द भएपछि अङ्क तालिकाको सातौँ स्थानमा छ ।  पोखरा एभेन्जर्स भने अङ्क तालिकाको पुछारमा छ । तीन खेल खेलेको पोखरा तीनवटै खेलमा पराजित भएको छ ।

काठमाण्डू गोखार्जको दोस्रो जित, विराटनगर ९ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बिहीबार (आज)को दोस्रो खेलमा काठमाण्डू गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङमा आएको विराटनगरले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनको योगफल तयार पारेको थियो । काठमाण्डूले ९.४ ओभरमा १ विकेट गुमाउँदै सजिलै लक्ष्य हासिल गर्यो । काठमाण्डुका डेभिड वार्नरले ४४, विलियम बोसिस्टोले २३ र रन बनाए । काठमाण्डुका लागि कप्तान करण केसी र सन्तोष यादवले समान ३ विकेट लिए । त्यस्तै, सहान अराचिगले २, जहानदाद खान, शहाब आलम र देव साहले समान १ विकेट लिएका छन् ।  विराटनगरका रुपेश सिंहले २६, एन्जोलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए । विराटनगरका अप्राजित पौडेलले १ विकेट लिए ।  यो काठमाण्डुको दोस्रो जित हो । जितसँगै काठमाण्डु ३ खेलमा ४ अंकसहित एक स्थानमाथि उक्लिँदै छैटौं स्थानमा पुगेको छ ।  यता पराजित विराटनगर ५ खेलमा ४ अंकसहित दोस्रो स्थानमा यथावत् छ ।