काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बिहीबार (आज)को दोस्रो खेलमा काठमाण्डू गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ ।
टस हारेर ब्याटिङमा आएको विराटनगरले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनको योगफल तयार पारेको थियो ।
काठमाण्डूले ९.४ ओभरमा १ विकेट गुमाउँदै सजिलै लक्ष्य हासिल गर्यो ।
काठमाण्डुका डेभिड वार्नरले ४४, विलियम बोसिस्टोले २३ र रन बनाए । काठमाण्डुका लागि कप्तान करण केसी र सन्तोष यादवले समान ३ विकेट लिए । त्यस्तै, सहान अराचिगले २, जहानदाद खान, शहाब आलम र देव साहले समान १ विकेट लिएका छन् ।
विराटनगरका रुपेश सिंहले २६, एन्जोलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए । विराटनगरका अप्राजित पौडेलले १ विकेट लिए ।
यो काठमाण्डुको दोस्रो जित हो । जितसँगै काठमाण्डु ३ खेलमा ४ अंकसहित एक स्थानमाथि उक्लिँदै छैटौं स्थानमा पुगेको छ ।
यता पराजित विराटनगर ५ खेलमा ४ अंकसहित दोस्रो स्थानमा यथावत् छ ।