जनकपुरमाथि सुदूरपश्चिमको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमै अलआउट भएपछि सुदूरपश्चिमले शानदार जित निकालेको हो । १२० रनको सामान्य योगफल बनाएको सुदूरपश्चिमले उत्कृष्ट बलिङ गर्दै जनकपुरलाई लक्ष्यसम्म पुग्न दिएन । जनकपुरका ब्याटरहरू सुदूरपश्चिमका बलरसामु टिक्न सकेनन् । नियमित अन्तरालमा विकेट गुमाएको जनकपुरले २० ओभर पूरा गर्नुअघि नै सबै विकेट गुमायो । जनकपुरका लागि टीआर दासले सर्वाधिक २१ रन बनाए । जेम्स निसमले २० रन जोड्दा आरिफ शेखले ११ रन बनाए । आदित्य महताले १० र बिनोद भण्डारीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका लागि हेमन्त धामीले ४ विकेट लिए । स्कट कुगेलेइनले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र राहुल यादवले समान १ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३३ रन बनाए । उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे । थारिन्दु रत्नायकेले अविजित २७ रनको योगदान दिए । उनले २८ बलमा १ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ट्रिटनराज दासले ११ बलमा २१ रन बनाए । अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसकेपछि सुदूरपश्चिम १२० रनमा सीमित भएको थियो । जनकपुरका कप्तान हरमित सिंहले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले सुदूरपश्चिमको मध्यक्रम र तल्लो क्रमलाई दबाबमा राखे । आदित्य महता र हरि ट्याक्टरले पनि विकेट लिए । सामान्य लक्ष्य दिए पनि सुदूरपश्चिमले बलिङमा देखाएको अनुशासन र उत्कृष्ट प्रदर्शनका कारण खेल आफ्नो पक्षमा पार्न सफल भयो । यो जितसँगै सुदूरपश्चिमले एनपीएलमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता पुनः प्रदर्शन गरेको छ ।

जनकपुरसँग फाइनल हारेको बदला लिने रणनीतिमा सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि जनकपुरका कप्तान हरमीत सिंहलाई बलिङको निम्तो दिएका छन् । यससँगै जनकपुरले पहिले बलिङ गर्दै सुदूरपश्चिमलाई कम स्कोरमा रोक्ने प्रयास गर्नेछ भने सुदूरपश्चिमले सुरुआतदेखि नै आक्रामक ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल बनाउने लक्ष्य राखेको छ । प्रतियोगिताको २१औं खेलका रूपमा रहेको यो प्रतिस्पर्धा दुवै टोलीका लागि महत्त्वपूर्ण छ । लिग चरणका खेलहरू अन्तिम चरणतर्फ अघि बढिरहेका बेला प्लेअफको सम्भावना बलियो बनाउन दुवै टोली जितको खोजीमा हुनेछन् । त्यसैले आजको खेलमा प्राप्त हुने नतिजाले अंकतालिकाको समीकरणमा समेत प्रभाव पार्नेछ । अंकतालिकामा सुदूरपश्चिम अगाडि जारी सिजनमा सुदूरपश्चिम रोयल्सले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको छ। टोलीले पाँच खेलबाट तीन जित र दुई हारसहित ६ अंक जोडेको छ । अंकतालिकामा सुदूरपश्चिम तेस्रो स्थानमा छ ।  सुदूरपश्चिमले पछिल्लो खेलमा कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको थियो । त्यसअघि चितवन राइनोजलाई पाँच विकेटले हराएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीसहितका खेलाडीको प्रदर्शन टोलीका लागि महत्त्वपूर्ण रहँदै आएको छ । ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्न सके सुदूरपश्चिमले आज पनि जित निकाल्ने सम्भावना बलियो बनाउन सक्छ । दबाबमा जनकपुर बोल्ट्स जनकपुर बोल्ट्स भने पछिल्ला खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा दबाबमा छ । पाँच खेलबाट दुई जित र तीन हार बेहोरेको जनकपुरले चार अंक जोडेको छ। टोली अंकतालिकाको पाँचौँ स्थानमा छ । जनकपुरले पछिल्ला दुई खेलमा विराटनगर किंग्ससँग २ रन र लुम्बिनी लायन्ससँग १६ रनको हार बेहोरेको थियो। दुवै खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि अन्तिम समयमा जित निकाल्न नसक्नु टोलीका लागि चुनौती बनेको छ । आज सुदूरपश्चिमलाई हराउन सके जनकपुरले प्लेअफ यात्रालाई बलियो बनाउन सक्छ । ब्याटिङ र बलिङको प्रतिस्पर्धा पहिले ब्याटिङ गर्ने अवसर पाएको सुदूरपश्चिमले सुरुआती ओभरमा राम्रो रन गति कायम राख्दै ठूलो योगफल बनाउने प्रयास गर्नेछ । जनकपुरका बलरले भने सुरुआतमै विकेट निकालेर सुदूरपश्चिमको रन गति नियन्त्रण गर्ने रणनीति अपनाउन सक्छन् ।  टी-२० क्रिकेटमा पावरप्ले, मध्य ओभर र अन्तिम ओभरको प्रदर्शनले खेलको दिशा निर्धारण गर्ने गर्छ। सुदूरपश्चिमका ब्याटरले ठूलो साझेदारी बनाउन सके जनकपुरमाथि दबाब सिर्जना हुनेछ । अर्कोतर्फ जनकपुरले नियमित अन्तरालमा विकेट लिन सके सुदूरपश्चिमलाई रोक्न सक्छ । यी दुई टोलीबीचको प्रतिस्पर्धा यसअघि पनि रोचक रहँदै आएको छ । एनपीएलका अघिल्ला भेटमा सुदूरपश्चिमले तीन खेल जितेको छ भने जनकपुरले एक खेल जितेको छ । पहिलो सिजनको फाइनलमा भने जनकपुरले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो । त्यसैले आजको खेलमा पुरानो प्रतिस्पर्धाको प्रभावसमेत देखिन सक्छ ।

आज एनपीएलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार एक खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगितामा सुदूरपश्चिमले पाँच खेल खेल्दै तीन जित र दुई हारसहित ६ अङ्क जोडेको छ । अङ्कतालिकाको तेस्रो स्थानमा रहेको सुदूरपश्चिम आजको खेल जित्दै प्लेअफ यात्रा थप सहज बनाउने लक्ष्यमा हुनेछ । जनकपुर बोल्ट्स पनि आजको खेल जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाँच खेल खेलेको जनकपुरले दुई जित र तीन हारसहित चार अङ्क जोडेको छ । अङ्कतालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरका लागि प्लेअफको सम्भावना बलियो बनाउन आजको खेल महत्त्वपूर्ण हुनेछ । दुवै टोलीका लागि अङ्कतालिकामा आफ्नो स्थान सुधार गर्ने अवसर रहेकाले आजको प्रतिस्पर्धा रोचक हुनेछ ।