अर्गानिक किसानका लागि खुसीको खबर, प्रधानमन्त्रीले दिए यस्तो आश्वासन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्गानिक कृषि व्यवसायीहरूको छाता संगठन ‘अर्गानिक एसोसियसन नेपाल’का पदाधिकारीहरूसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अर्गानिक एसोसियसन नेपालका पदाधिकारीसँग छलफल भएको हो । प्रधानमन्त्रीले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । छलफलका क्रममा पदाधिकारीहरूले अर्गानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेका थिए ।  उक्त मागप्रति प्रधानमन्त्री सकारात्मक रहेका छन् । यस्तै, अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकोमा त्यसलाई सुचारु गर्न पदाधिकारीले माग गरेका थिए । नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदान प्रदान गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक भएका छन् । प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्गानिक कृषि प्रवर्द्धनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताए । प्रांगारिक मल उत्पादनमा सरकारले अनुदान दिनुपर्ने माग पदाधिकारीले राखेका थिए । प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने उनीहरूको मागअनुरूप व्यवस्था गर्न समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । अग्र्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधासरह सुविधा हुनुपर्ने मागमा प्रधानमन्त्री सकारात्मक रहेका छन् । साथै अग्र्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान दुई वर्षयता रोकिएकोमा उक्त समस्या कानुनी पमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उनले बताए । छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरु तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी थिए ।

राधिका दासीले अघोषित श्रीमान राखेको भनेर अन्तवार्ता दिने केसी पक्राउ

काठमाडौं । राधिका दासीको चरित्र हत्या गरेको वेदिका केसीलाई पक्राउ परेकी छन् । बिहीबार काठमाडौंबाट साइबर ब्यूरोले केसीलाई पक्राउ गरेको हो । साइबर ब्यूरोका अनुसार उनले राधिका दासीको चरित्र हत्या गरेकी थिइन् । उनीविरुद्ध दासीले केही दिनअघि ब्यूरोमा दासीले उजुरी दिएकी थिइन् । उनको जाहेरी परेपछि अनुसन्धानका लागि केसीलाई पक्राउ गरेको हो। धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा उनले बहस चलाउँदै आएकी थिइन्। एक अन्तवार्तामा उनले दासी विरुद्ध बोलेकी थिइन । उनले प्रकाश सुवेदीसँगको संवादमा दासीको भारतमा अघोषित श्रीमान रहेको बताएकी थिइन ।

विद्युत नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त

काठमाडौं । विद्युत नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले डा. धिताललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि पनि आयोगको अध्यक्ष भएका धिताल सरकारले ल्याएको अध्यादेशको कारण पदमुक्त भएका थिए ।  उनी पुनः अध्यक्षमै फर्किएका हुन् । धितालसँग जलविद्युत, सोलार ऊर्जा, ग्रामीण विद्युतीकरण, नवीकरणीय ऊर्जामा झन्डै ३० वर्षको अनुभव रहेको छ ।  उनले जर्मनीबाट नवीकरणीय उर्जामा मास्टर्स गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट नवीकरणीय ऊर्जामै पीएचडी गरेका छन् ।