गोपालमान श्रेष्ठ कांग्रेसका वरिष्ठ नेता नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले नेता गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ ।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पार्टी सभापति गगन थापाले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने निर्णय गरिएको घोषणा गरेका हुन् ।

थापाका अनुसार उक्त निर्णय आगामी साउन १२ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गराइनेछ ।

हाल स्वास्थ्य उपचाररत रहेका श्रेष्ठ पार्टीका लामो समयदेखि सक्रिय नेतामध्ये एक हुन् । कांग्रेसले उनको राजनीतिक योगदानको सम्मानस्वरूप वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ ।

Share News