विद्युत नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त

काठमाडौं । विद्युत नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले डा. धिताललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि पनि आयोगको अध्यक्ष भएका धिताल सरकारले ल्याएको अध्यादेशको कारण पदमुक्त भएका थिए । 

उनी पुनः अध्यक्षमै फर्किएका हुन् ।

धितालसँग जलविद्युत, सोलार ऊर्जा, ग्रामीण विद्युतीकरण, नवीकरणीय ऊर्जामा झन्डै ३० वर्षको अनुभव रहेको छ । 

उनले जर्मनीबाट नवीकरणीय उर्जामा मास्टर्स गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट नवीकरणीय ऊर्जामै पीएचडी गरेका छन् ।

Share News