राधिका दासीलाई अन्तर्वार्तामा केसीले के भनेकी थिइन् ?

काठमाडौं । राधिका दासीको चरित्रहत्या गरेको वेदिका केसी पक्राउ परेकी छन् । बिहीबार काठमाडौंबाट साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

साइबर ब्यूरोका अनुसार उनले राधिका दासीको चरित्र हत्या गरेकी हुन् । उनीविरुद्ध दासीले केही दिनअघि ब्यूरोमा दासीले उजुरी दिएकी थिइन् ।

प्राइम टेलिभिजनमा प्रसारित प्रकाश सुवेदी सोमा उनले दासीविरुद्ध बोलेकी थिइन । उनले दासीको भारतमा अघोषित श्रीमान रहेको दावी गरेकी थिइन् ।

‘दासीजस्तो देखिनु हुन्छ, त्यस्तो नभएको’ उनको दावी थियो।

दासीले झुट बोल्ने गरेको अन्तर्वार्ताका क्रममा वेदिकाले बताउँछिन् ।

‘शास्त्रपालन गर्ने कथावाचिकाले अघोषित राख्न नपाउने तर शास्त्र पालन गर्दिन भन्नुपरो । अघोषित श्रीमान राखेको प्रमाणसमेत देखाउन सक्छु,’ केसीले भनेकी छन् ।

निम्बार वैष्णवको तीलक लगाउने तर श्रीवैष्णव रहेको उनको भनाइ थियो । श्रीवैष्णवमा चितवनको लङ्कु स्वामीबाट दीक्षित भएको उनले बताएकी छन् । 

अहिले भने निम्बार वैष्णवको तीलक लगाउने तर उनी दीक्षित नभएको केसीले दाबी गरेकी छन् ।

‘दीक्षित नभइ तिलक लगाउन पाइँदैन,’ उनले भनेकी थिइन्, ‘ गुरु परम्पराबाट वा सम्प्रदायबाट आएकाले दीक्षित नभइ तिलक लगाउन पाइँदैन ।’

केसीले दासी दीक्षित भए पनि चेलाचेलीलाई मन्त्र र दीक्षा दिने हक अधिकार कसले दियो भनी प्रश्नसमेत गरेकी छन् । 

उनले पानीटंकी तथा इन्डियातिर ११ तले घर छ भन्दै अन्तवार्तामा प्रस्ट बताएकी छन् । 

श्रीमानले दुःख दिएको भन्ने कुरामा कुनै पनि सत्यता नभएको केसीको दावी छ । 

वृन्दावनमा पढेर आएको भने पनि नपढेको उनले दाबी गरेको थिइन ।

एक स्वामीको छत्रछायाँमा ६ महिनासम्म बसेर कथावाचिका बनेको उनले उल्लेख गरेकी छन् । वृन्दावनमा गएर पढेको भनी झुठ बोल्न नपाइने उनले बताएकी छन् ।

कथावाचन गर्दा मञ्चमा रजश्वला हुँदा प्याड फेर्दै कथावाचन गर्ने गरेको समेत उनले आरोप लगाएकी छन् ।

दासीको जाहेरी परेपछि अनुसन्धानका लागि केसीलाई प्रहरीले पक्राउ गरेको हो ।  धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा उनले बहस चलाउँदै आएकी थिइन्।

Share News