काठमाडौं । राधिका दासीको चरित्र हत्या गरेको वेदिका केसीलाई पक्राउ परेकी छन् । बिहीबार काठमाडौंबाट साइबर ब्यूरोले केसीलाई पक्राउ गरेको हो ।
साइबर ब्यूरोका अनुसार उनले राधिका दासीको चरित्र हत्या गरेकी थिइन् । उनीविरुद्ध दासीले केही दिनअघि ब्यूरोमा दासीले उजुरी दिएकी थिइन् ।
उनको जाहेरी परेपछि अनुसन्धानका लागि केसीलाई पक्राउ गरेको हो। धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा उनले बहस चलाउँदै आएकी थिइन्।
एक अन्तवार्तामा उनले दासी विरुद्ध बोलेकी थिइन । उनले प्रकाश सुवेदीसँगको संवादमा दासीको भारतमा अघोषित श्रीमान रहेको बताएकी थिइन ।