एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप अब नयाँ सुविधाका साथ
काठमाडौं । एभरेष्ट बैंकले ‘इबिएल टच् २४’ मा नयाँ अद्यावधिक सुविधा थप गरेको छ । जसवापत ‘इबिएल टच् २४’ सुरक्षितm द्रुत र भरपर्दाे बनेको बैंकले जनाएको छ । यस एपमार्फत स्वयं मोबाइल बैंकिङ्ग एक्टिभ गरी आफ्नो मोबाईल नम्बर प्रयोग गरेर सहजै लग(इन्गर्न सक्नेछन् र ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टि।भी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथासिनेमा टिकटको खरिद गर्न तथा साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्यूआर पेमेन्टबाट भुक्तानी गर्न सकिन्छ । हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या ११ लाखभन्दा बढी रहेका छन् । एभरेष्ट बैंकलाई व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले सिएएमइएल् रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा राम्रो मूल्याङ्कन गरिएको बैंकको रुपमा चयन भएको बैंकको जानकारी दिएको छ । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १ सय ३ वटा एटिएम रहेका छन् । विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
तत्काललाई कोभिड-१९ को असर छैन, तर भावी दिनमा देखिने निश्चित छ
विश्वभर कोराना भाइरस (कोभिड-१९) को महामारी फैलिएको छ । यो प्रकोप रोकथामको लागि देशभर लकडाउन जारी गरिएको छ । लकडाउन सुरु भएसँगै सेयर बजार पनि पूर्णरुपमा बन्द भएको छ । बजार बन्द भएको डेढ महिना हुन लागेको छ । यो अवधिमा पुँजी बजार अन्तर्गतको शाखा मानिने मर्चेन्ट बैंकरहरु पनि बन्द नै छन् । यस्तो परिस्थितिमा अन्य व्यवसायहरुलाई जे जस्तो असर परेको छ, मर्चेन्ट बैंकरहरुलाई पनि त्यस्तै असर परिरहेको छ । अहिले सञ्चालनमा रहेको सबै (३१ वटा) मर्चेन्ट बैंकरहरुले बन्दको गम्भीर असर व्यहोरिरहेका छन् । आम्दानीका प्रमुख श्रोतहरु प्रायः बन्द नै छन् । डिम्याट अकाउन्टहरु खुलिरहेका छैनन् । प्राथमिक निष्काशन (आईपीओ), हकप्रद सेयर तथा डिबेन्चरहरु बिक्री गर्न पाइरहेका छैनन् । मचेन्ट बैंकरको प्राय जस्तो आम्दानी स्टक मार्केटसँग नै जोडिएको हुन्छ । कारोबारदेखि लिएर म्युचअल फण्ड, पोर्टफोलियो म्यानेजमेन्ट छ । बजार सामान्य रुपमा चल्न नपाउँदा त्यसबाट हुने नाफा नोक्सान पुरै ठप्प भयो । यस्तो बेलामा लगानीकर्ताहरु पनि आत्तिने, उहाँहरुमा अब के होला भन्ने डर पैदा हुने, मानसिक तनाव तथा मनोवैज्ञानिक प्रभाव चाहिँ परेको देखिन्छ । यो अवस्थामा अब के गर्ने भनेर हामीले अध्ययन गरिरहेका छौं । यसको प्रभाव के कस्तो हुन सक्छ, रणनीति के लिने भन्ने विषयमा गहन विश्लेषण गरिरहेका छौं । सबै मर्चेन्ट बैंक सहित मर्चेन्ट बैंकर एशोसियसनमा पनि यस विषयमा छलफल भइरहेको छ । लकडाउन खुलेपछि के कस्ता चुनौति आउन सक्छ । सेयर राफसाफ के कसरी गर्ने । अनलाइन सिष्टम पूर्ण रुपमा सुचारु नभएको अवस्थामा के कस्तो तयारी गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । हामीले दुई कुरामा ध्यान दिइरहेका छौं । एउटा लगानीकर्ताको हकमा उहाँहरुको साईकोलोजिमा के कस्तो असर पर्छ । र, अर्को आन्तरिक टीम मोडेल, बजार विश्लेषण तथा भविष्यमा बजारमा देखिने आर्थिक प्रभाव जस्ता कुराहरुमा बढी ध्यान दिईरहेका छौं । नबिल इन्भेष्टको सिष्टम अटोमेटेड छ । त्यसैले सिष्टमहरुमा एक्सेस घरबाटै हुन्छ । भिडियो कन्फेरेन्स मार्फत ग्राहकलाई चाहिने सल्लाह चाहे व्यक्तिगत रुपमा होस् वा संस्थागत परामर्श दाताको रुपमा होस् दिईरहेका छौं । त्यस्तै, अनुसन्धान, सल्लाहकार र पोर्टफोलियो व्यवस्थापन टोलीहरु घरबाटै आफ्नो काममा सक्रिय हुनुहुन्छ । त्यही डेस्क र मिटिङहरु शारीरिक रुपमा नभएको मात्रै हो । तर भिडियो कन्फिरेन्स तथा सिष्टम अटोमेटेड भएकाले काममा प्रत्यक्ष असर परेको छैन, जारी नै रहेको छ । अहिले बजार खोल्ने नखोल्ने भन्ने विषयमा एउटा निर्णय लिनु ठिकै छ । तर केही समय मार्केट खोलेर बजारको अवस्था नराम्रो भएर पुनः लकडाउनमै फर्किनु पर्यो भने के गर्ने । त्यसैले, यस विषयमा नियामकले आकस्मिक योजना बनाई राख्नु पर्ने हुन्छ । ताकि हामीले आफ्नो कामलाई निरन्तरता दिईरहन सक्ने छौं । सबै टोलीहरु स्ट्याण्ड बाई नै हुनुहुन्छ । डिपार्टमेन्टहरुले आ-आफ्नो स्टाफहरुलाई काम दिईरहेका छन् । डीपी तथा डिम्याटका टिमहरुलाई छुट्टै रिसर्चका कामहरु दिईरहेका छौं । जसको काउन्टरमा काम हुन्छ, उहाँहरुलाई विश्वमा डिम्याटका सिष्टमहरु के कस्तो छ । कसरी विकास भइरहेको छ । ती कुरा जान्न, बुझ्न तथा सिक्नलाई आवश्यक सामाग्रीहरु प्रदान गरेका छौं । प्रत्यक्ष रुपमा काम बन्द भएका कर्मचारीहरुले नयाँ नयाँ कुरा सिक्ने अवसर पाईरहनु भएको छ । अन्यले घरबाटै काम गरिरहनु भएको छ । यसका साथै, मर्चेन्ट बैंकरहरुमा कर्मचारीहरुलाई बाह्य तालिमहरु दिने काम भईरहेको छ । त्यस्तै, संस्थाको आन्तरिक तालिम पनि हप्तामा दुईचोटी जस्तो दिईरहेका नै छौं । संस्थामा कूल ६० जना स्टाफहरु हुनुहुन्छ । उहाँहरुको तलबमा केही कटौती गरेका छैनौं । लकडाउन अघिको जस्तो संस्थाले आउटपुट शतप्रतिशत नै नपाए पनि ७० देखि ७५ प्रतिशत चाहिँ पाएको छ । त्यसैले पनि तलबमा कटौती गर्नु जरुरी नै छैन अहिलेलाई । यदि लकडाउन एकदमै लम्बियो भने चाहिँ अन्य उद्योगहरु जस्तै हामीले पनि सोच्नु पर्ने हुन्छ होला । तर अहिलेलाई चाहिँ सामान्य नै छ । संस्थाको आम्दानी सामान्य रुपमा भइरहेको नै छ । पुरै ठप्प नै चाहिँ भएको छैन । आम्दानीको श्रोत भनेको म्युचअल फण्ड जारी नै रहेको छ, बन्द भएको छैन । कारोबार बन्द भएपनि लकडाउन पछि के कारोबार गर्ने भन्ने कामहरु जारी छ । अर्को, पोर्टफोलियो म्यानेजमेन्टमा पनि ग्राहकहरुबाट लगानी लिन हुन्न भन्ने आएको छैन, किनभने हामी उहाँहरुसँग टच मै छौं । उहाँहरुलाई सेवा सुविधाहरु दिईरहेका छौं । परामर्श र सल्लाह दिने काम भईरहेको छ, कन्ट्रयाक्ट भइरहेको छ । होटलहरुमा चाहिँ कन्ट्रयाक्ट बन्द नै छ, पर्यटनसँग प्रत्यक्ष सम्बन्धित भएकोले । अन्य बैंक तथा वित्तीय संस्थाहरु खुलिरहेको हुनाले परामर्श सेवा दिईरहेका हुन्छौं । त्यसवापतको आम्दानी भइरहेको नै छ । त्यस्तै, सेयर रजिष्टार वार्षिक रुपमा गर्ने भएकाले यसमा पनि आम्दानी कटौती भएको छैन । मर्चेन्टको आम्दानीको प्रमुख श्रोत भनको पोर्टफोलियो म्यानेजमेन्ट हो । जसमा हामी मर्चेन्ट बैंकहरुमध्ये अग्रस्थानमा छौं । लगानी व्यवस्थापनको लागि पहिला दैनिक जति ग्राहकहरु आउनुहुन्थ्यो, त्यो चाहिँ ठप्पै भएको छ । पुराना तथा चलिरहेका बिजनेसहरु चाहिँ चलिरहेको नै छ । त्यसमा कमी आएको छैन । तर यस कोरोनाको प्रकोपले गर्दा नयाँ बिजनेसहरु भने पुरै ठप्प छन् । पर्खौं, हेरौं र बसौं भन्ने रणनीति भएकाले थप लगानी बढाउन सकिएको छैन । यस्तो अवस्थामा नियामक निकायलाई केही निर्णय लिनु भन्दा अगाडि मर्चेन्ट बैंकहरुसँग समन्वय गरेर लिन सुझाव दिन चाहन्छु । यस परिस्थितिमा मर्चेन्ट बैंकहरु लगायत मर्चेन्ट बैंकर एशोसियसनका पदाधिकारीहरुसँग समन्वय गर्नुपर्ने छ । हुन त प्रायः अनलाइन छलफल भइरहेको हुन्छ । यो बारम्बार भइराख्नु पर्यो । जसले गर्दा संस्थाहरुको समस्या, सीमितता तथा गुनासोहरु, बुझिन्छ, प्रभावकारी निर्णय लिन सजिलो हुन्छ । धितोपत्र बोर्ड, नेप्से र मर्चेन्ट बैंकरहरुबीच छलफल भएर ६ महिना वा एक वर्षको योजना बनाउन जरुरी छ । जसले गर्दा कुनै एक संस्थाको फाइदा भन्दा पनि मार्केटको हित र स्थिरता कायम राख्न मद्दत पुग्ने छ । राफसाफ गर्नलाई ब्रोकर कहाँ पठाउनु पर्ने, कर्मचारीहरुलाई पास उपलब्ध गराउने सम्बन्धि छलफल हुन जरुरी छ । अहिले बजार खोल्ने नखोल्ने भन्ने विषयमा एउटा निर्णय लिनु ठिकै छ । तर केही समय मार्केट खोलेर बजारको अवस्था नराम्रो भएर पुनः लकडाउनमै फर्किनु पर्यो भने के गर्ने । यो अवस्थामा हामी संस्था लगायत लगानीकर्तालाई नै नराम्रो हुन्छ । लगानीकर्ताहरुबाट बारम्बार प्रश्न उठिरहन सक्छ । त्यसैले, यस विषयमा नियामकले आकस्मिक योजना बनाई राख्नु पर्ने हुन्छ । ताकि हामीले आफ्नो कामलाई निरन्तरता दिईरहन सक्ने छौं । यसको लागि धितोपत्र बोर्ड, नेप्से र मर्चेन्ट बैंकरहरुबीच छलफल भएर ६ महिना वा एक वर्षको योजना बनाउन जरुरी छ । जसले गर्दा कुनै एक संस्थाको फाइदा भन्दा पनि मार्केटको हित र स्थिरता कायम राख्न मद्दत पुग्ने छ । नेपाल मर्चेन्ट बैंकर एशोसियसनको कार्यकारी समितिमा सदस्य भएको नाताले यस्तो बेलामा नियामकले टाक्स सोर्स बनाएर अगाडि बढ्नको लागि सुझाव दिन चाहन्छु । यसले गर्दा, सबै संस्थाहरुले आ-आफ्नो गुनासो, लिमिटेसन तथा कन्ट्रिब्युसनहरु राख्न सक्नेछन् । यस्तो बेलामा सबै मिलेर अगाडि बढ्नु पर्छ भन्ने धारणा रहेको छ । अहिले अनलाईन कारोबार खुलाउन समस्या थिएन । तर अनलाईनमा जाने लगानीकर्ताको संख्या एकदमै कम छ । डिम्याट खाताको रेसियोमा अनलाईन लिनेको संख्या २ प्रतिशत पनि छैन । बजार खुल्ने तर शतप्रतिशत वा ५० प्रतिशतले कारोबार गर्ने ठाउँमा एक प्रतिशतले मात्र गर्दा त्यति प्रभावकारी नहुन सक्छ । कमसेकम १५ प्रतिशत लगानीकर्ता अनलाईन प्रणालीमा जानु भएको भए चाहिँ हुन्थ्यो । तर एक दुई प्रतिशत मात्र आवद्ध हुनुभएको कारणले कारोबार एकदमै न्युन हुने देखिन्छ एउटा । अर्को, प्राविधिक समस्या कहाँ छ भने डिपोजिट इन्स्ट्रक्सन स्लीप(डीआईएस) बुझाउन । सेयर ट्रान्सफर गर्दा उक्त स्लीप ब्रोकरले डिपोजिटरी पार्टिसिपेन्ट(डीपी) अर्थात मर्चेन्ट बैंकमा बुझाउन आउनु पर्ने हुन्छ । त्यसबाट सेयरको राफसाफ हुन्छ । हुन त सेयर ट्रान्सफरको लागि इलेक्ट्रोनिक डिपोजिट इन्स्ट्रक्सन स्लीप (इडीआईएस) पनि छ । त्यसबाट अनलाइन गर्दा नि हुन्छ । तर सबैले यसबाट गर्छन् भन्ने हुँदैन । त्यसैले डीआईएस डिपाटर्मेन्ट खुलाउनु पर्ने हुन्छ । यो अवस्थामा यो झन् आवश्यक भएको छ । सल्लाह सुझाव चाहिने भनेको अफ्ठ्यारो परेको बेलामा हो । आफूले गरेको लगानीको भाएबिलिटी (व्यवहार्यता) के छ, यो गरिराख्नु ठिक हो वा बन्द गर्नु ठिक हो । यस सम्बन्धि परामर्श निकै आवश्यक हुन्छ । यसमा हामी पछिल्लो दुई वर्षको अनुभव अनुसार हाम्रो टोलि तिखो भएका छौं । यो अवस्थामा सामाजिक दायित्वको हिसावले निःशुल्क प्राथमिक परामर्श दिने छौं । हामी अति आवश्यक सेवामा पनि पर्दैनौं । पुरै बन्दाबन्दीको अवस्थामा मार्केट खुल्यो भने सेयर राफसाफ गर्नु पर्यो । त्यसको लागि कर्मचारी पठाउनु पर्ने हुन्छ, डीपी एकाउन्टकै लागि मात्र भए पनि । यदि कथम् कथाचित स्टाफलाई केही भईदियो भने कानूनी दायित्वमा प्रश्न आउँछ कि, अति आवश्यक सेवामा नपरि किन खोल्नु भयो, रिक्स किन लिनुभयो भन्ने जस्ता । त्यसको जिम्मेवारी नियामक निकायले डाईरेक्ट लिने कुरा आउँदैन । हामी संस्थाले नै लिनु पर्ने हुन्छ । अर्को, स्टाफलाई जबरजस्ती पनि पठाउन पनि सकिन्न । इच्छा छ भने आफैले रिक्स लिएर जानुपर्ने हुन्छ उहाँहरु पनि । यहि छ समस्या । हैन, मार्केट पनि अति आवश्यक नै हो । बैंक तथा बीमा कम्पनीहरु जस्तै यो पनि सूचारु गर्नुपर्छ भन्ने हो भने सरकारले एउटा सूचना निकाल्नु पर्यो । त्यसपछि भने हामीले स्टाफलाई ढुक्कसँग पठाउन पनि सक्छौं । मार्केट आगामी बैशाख २८ गतेदेखि खुल्ने भन्ने कुरा भईरहेको छ । यसमा धितोपत्र बोर्ड र नेप्से दुबै सकारात्मक हुनुहुन्छ । हामीले पनि त्यहि अनुसारको तयारी गर्नुपर्ने हुन्छ । मर्चेन्ट बैंकहरुबीच यस विषयमा छलफल पनि भईरहेको छ । राफसाफ गर्ने विषयमा के कसरी गर्ने हो भनेर नियामकसँग तीव्र छलफल हुन जरुरी छ । कोभिड-१९ को कारणले मर्चेन्ट बैंकरको आम्दानीमा तत्काल असर परेको छैन । तर यसको असर भविश्यमा देखिन थाल्छ । अबको एकदेखि दुई वर्षसम्म संस्थाको प्रगति, व्यवसाय वृद्धि, तथा आम्दानीमा असर पर्ने देखिन्छ । परामर्शदाताको रुपमा हामी पछिल्लो दुई वर्षदेखि अगाडि छौं । यो अवस्थामा यो झन् आवश्यक भएको छ । सल्लाह सुझाव चाहिने भनेको अफ्ठ्यारो परेको बेलामा हो । आफूले गरेको लगानीको भाएबिलिटी (व्यवहार्यता) के छ, यो गरिराख्नु ठिक हो वा बन्द गर्नु ठिक हो । यस सम्बन्धि परामर्श निकै आवश्यक हुन्छ । यसमा हामी पछिल्लो दुई वर्षको अनुभव अनुसार हाम्रो टोलि तिखो भएका छौं । यो अवस्थामा सामाजिक दायित्वको हिसावले निःशुल्क प्राथमिक परामर्श दिने छौं । जसको लागि नबिल मर्चेन्टको ढोका सधैं खुल्ला छ । कोभिड-१९ को कारणले मर्चेन्ट बैंकरको आम्दानीमा तत्काल असर परेको छैन । तर यसको असर भविश्यमा देखिन थाल्छ । अबको एकदेखि दुई वर्षसम्म संस्थाको प्रगति, व्यवसाय वृद्धि, तथा आम्दानीमा असर पर्ने देखिन्छ । वर्षैपिछे निरन्तर ग्रोथ बढाउँदै जानमा अफ्ठ्यारो हुन्छ, त्यसमा संकुचन हुने निश्चित छ । किनभने अब लगानी गर्न चाहनेले १० चोटि सोच्ने गर्छ । लगानी डुब्ने हो की, पछि फेरि लकडाउन भएर यो पैसा मलाई नै चाहिने हो की, न मार्केट नै पो बन्द गरिदिने हो की भनेर । लगानी गर्नको लागि उनीहरु पहिलाको जसरी पोत्साहित हुन सक्दैनन् । यसले गर्दा संस्थाको पार्टफोलियो म्यानेजमेन्ट, डिम्याट खाता बढाउनमा असर पर्छ । पुराना लगानीकर्ता त बस्नु होला तर नयाँ थप्न चाहिँ भने गाह्रो हुने छ । तर बजारमा स्थापित हुन नै ग्राहो हुने अवस्था छैन । सस्टेन हुन्छ । यद्दपी, पर्यटन तथा होटल जस्तो बन्दै गर्नुपर्ने अवस्था चाहिँ हुँदैन । (नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमखु कार्यकारी अधिकृत(सीईओ) श्रेष्ठसँग मञ्जरी पौडेलले गरेको कुराकानीमा आधारित)
मेरो माइक्रोफाइनान्सद्धारा गाेरखामा दैनिक ज्याला मजदुरी गर्नेलाई सहयाेग
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्तले दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न खरिद गर्नका लागी सिरानचोक गाउँपालिका, गोरखालाई आर्थिक सहयोग गरेको छ । बिश्वभर फैलिएको कोरोनाभाइरसले समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि गाउपालिकाको पहलकदमीलाई साथ दिन लघुवित्तबाट संस्थागत उतरदायित्व अन्तर्गत २० हजार रकमकाे चेक सहयाेग स्वरुप प्रदान गरिएको संस्थाले जनाएको छ । लघुवित्तका शाखा कार्यालयका शाखा प्रबन्धक दिपक भट्टले सिरानचोक गाउँपालिका प्रमुख राजु गुरुङलाई उक्त चेक प्रदान गरेका हुन । मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ६१ जिल्लामा १२० शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।