
विश्वभर कोराना भाइरस (कोभिड-१९) को महामारी फैलिएको छ । यो प्रकोप रोकथामको लागि देशभर लकडाउन जारी गरिएको छ । लकडाउन सुरु भएसँगै सेयर बजार पनि पूर्णरुपमा बन्द भएको छ । बजार बन्द भएको डेढ महिना हुन लागेको छ ।
यो अवधिमा पुँजी बजार अन्तर्गतको शाखा मानिने मर्चेन्ट बैंकरहरु पनि बन्द नै छन् । यस्तो परिस्थितिमा अन्य व्यवसायहरुलाई जे जस्तो असर परेको छ, मर्चेन्ट बैंकरहरुलाई पनि त्यस्तै असर परिरहेको छ ।
अहिले सञ्चालनमा रहेको सबै (३१ वटा) मर्चेन्ट बैंकरहरुले बन्दको गम्भीर असर व्यहोरिरहेका छन् । आम्दानीका प्रमुख श्रोतहरु प्रायः बन्द नै छन् । डिम्याट अकाउन्टहरु खुलिरहेका छैनन् । प्राथमिक निष्काशन (आईपीओ), हकप्रद सेयर तथा डिबेन्चरहरु बिक्री गर्न पाइरहेका छैनन् ।
मचेन्ट बैंकरको प्राय जस्तो आम्दानी स्टक मार्केटसँग नै जोडिएको हुन्छ । कारोबारदेखि लिएर म्युचअल फण्ड, पोर्टफोलियो म्यानेजमेन्ट छ । बजार सामान्य रुपमा चल्न नपाउँदा त्यसबाट हुने नाफा नोक्सान पुरै ठप्प भयो । यस्तो बेलामा लगानीकर्ताहरु पनि आत्तिने, उहाँहरुमा अब के होला भन्ने डर पैदा हुने, मानसिक तनाव तथा मनोवैज्ञानिक प्रभाव चाहिँ परेको देखिन्छ ।
यो अवस्थामा अब के गर्ने भनेर हामीले अध्ययन गरिरहेका छौं । यसको प्रभाव के कस्तो हुन सक्छ, रणनीति के लिने भन्ने विषयमा गहन विश्लेषण गरिरहेका छौं । सबै मर्चेन्ट बैंक सहित मर्चेन्ट बैंकर एशोसियसनमा पनि यस विषयमा छलफल भइरहेको छ । लकडाउन खुलेपछि के कस्ता चुनौति आउन सक्छ । सेयर राफसाफ के कसरी गर्ने । अनलाइन सिष्टम पूर्ण रुपमा सुचारु नभएको अवस्थामा के कस्तो तयारी गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।
हामीले दुई कुरामा ध्यान दिइरहेका छौं । एउटा लगानीकर्ताको हकमा उहाँहरुको साईकोलोजिमा के कस्तो असर पर्छ । र, अर्को आन्तरिक टीम मोडेल, बजार विश्लेषण तथा भविष्यमा बजारमा देखिने आर्थिक प्रभाव जस्ता कुराहरुमा बढी ध्यान दिईरहेका छौं ।
नबिल इन्भेष्टको सिष्टम अटोमेटेड छ । त्यसैले सिष्टमहरुमा एक्सेस घरबाटै हुन्छ । भिडियो कन्फेरेन्स मार्फत ग्राहकलाई चाहिने सल्लाह चाहे व्यक्तिगत रुपमा होस् वा संस्थागत परामर्श दाताको रुपमा होस् दिईरहेका छौं । त्यस्तै, अनुसन्धान, सल्लाहकार र पोर्टफोलियो व्यवस्थापन टोलीहरु घरबाटै आफ्नो काममा सक्रिय हुनुहुन्छ । त्यही डेस्क र मिटिङहरु शारीरिक रुपमा नभएको मात्रै हो । तर भिडियो कन्फिरेन्स तथा सिष्टम अटोमेटेड भएकाले काममा प्रत्यक्ष असर परेको छैन, जारी नै रहेको छ ।
अहिले बजार खोल्ने नखोल्ने भन्ने विषयमा एउटा निर्णय लिनु ठिकै छ । तर केही समय मार्केट खोलेर बजारको अवस्था नराम्रो भएर पुनः लकडाउनमै फर्किनु पर्यो भने के गर्ने । त्यसैले, यस विषयमा नियामकले आकस्मिक योजना बनाई राख्नु पर्ने हुन्छ । ताकि हामीले आफ्नो कामलाई निरन्तरता दिईरहन सक्ने छौं ।
सबै टोलीहरु स्ट्याण्ड बाई नै हुनुहुन्छ । डिपार्टमेन्टहरुले आ-आफ्नो स्टाफहरुलाई काम दिईरहेका छन् । डीपी तथा डिम्याटका टिमहरुलाई छुट्टै रिसर्चका कामहरु दिईरहेका छौं । जसको काउन्टरमा काम हुन्छ, उहाँहरुलाई विश्वमा डिम्याटका सिष्टमहरु के कस्तो छ । कसरी विकास भइरहेको छ । ती कुरा जान्न, बुझ्न तथा सिक्नलाई आवश्यक सामाग्रीहरु प्रदान गरेका छौं । प्रत्यक्ष रुपमा काम बन्द भएका कर्मचारीहरुले नयाँ नयाँ कुरा सिक्ने अवसर पाईरहनु भएको छ । अन्यले घरबाटै काम गरिरहनु भएको छ ।
यसका साथै, मर्चेन्ट बैंकरहरुमा कर्मचारीहरुलाई बाह्य तालिमहरु दिने काम भईरहेको छ । त्यस्तै, संस्थाको आन्तरिक तालिम पनि हप्तामा दुईचोटी जस्तो दिईरहेका नै छौं ।
संस्थामा कूल ६० जना स्टाफहरु हुनुहुन्छ । उहाँहरुको तलबमा केही कटौती गरेका छैनौं । लकडाउन अघिको जस्तो संस्थाले आउटपुट शतप्रतिशत नै नपाए पनि ७० देखि ७५ प्रतिशत चाहिँ पाएको छ । त्यसैले पनि तलबमा कटौती गर्नु जरुरी नै छैन अहिलेलाई । यदि लकडाउन एकदमै लम्बियो भने चाहिँ अन्य उद्योगहरु जस्तै हामीले पनि सोच्नु पर्ने हुन्छ होला । तर अहिलेलाई चाहिँ सामान्य नै छ ।
संस्थाको आम्दानी सामान्य रुपमा भइरहेको नै छ । पुरै ठप्प नै चाहिँ भएको छैन । आम्दानीको श्रोत भनेको म्युचअल फण्ड जारी नै रहेको छ, बन्द भएको छैन । कारोबार बन्द भएपनि लकडाउन पछि के कारोबार गर्ने भन्ने कामहरु जारी छ ।
अर्को, पोर्टफोलियो म्यानेजमेन्टमा पनि ग्राहकहरुबाट लगानी लिन हुन्न भन्ने आएको छैन, किनभने हामी उहाँहरुसँग टच मै छौं । उहाँहरुलाई सेवा सुविधाहरु दिईरहेका छौं । परामर्श र सल्लाह दिने काम भईरहेको छ, कन्ट्रयाक्ट भइरहेको छ । होटलहरुमा चाहिँ कन्ट्रयाक्ट बन्द नै छ, पर्यटनसँग प्रत्यक्ष सम्बन्धित भएकोले । अन्य बैंक तथा वित्तीय संस्थाहरु खुलिरहेको हुनाले परामर्श सेवा दिईरहेका हुन्छौं । त्यसवापतको आम्दानी भइरहेको नै छ । त्यस्तै, सेयर रजिष्टार वार्षिक रुपमा गर्ने भएकाले यसमा पनि आम्दानी कटौती भएको छैन ।
मर्चेन्टको आम्दानीको प्रमुख श्रोत भनको पोर्टफोलियो म्यानेजमेन्ट हो । जसमा हामी मर्चेन्ट बैंकहरुमध्ये अग्रस्थानमा छौं । लगानी व्यवस्थापनको लागि पहिला दैनिक जति ग्राहकहरु आउनुहुन्थ्यो, त्यो चाहिँ ठप्पै भएको छ । पुराना तथा चलिरहेका बिजनेसहरु चाहिँ चलिरहेको नै छ । त्यसमा कमी आएको छैन ।
तर यस कोरोनाको प्रकोपले गर्दा नयाँ बिजनेसहरु भने पुरै ठप्प छन् । पर्खौं, हेरौं र बसौं भन्ने रणनीति भएकाले थप लगानी बढाउन सकिएको छैन ।
यस्तो अवस्थामा नियामक निकायलाई केही निर्णय लिनु भन्दा अगाडि मर्चेन्ट बैंकहरुसँग समन्वय गरेर लिन सुझाव दिन चाहन्छु । यस परिस्थितिमा मर्चेन्ट बैंकहरु लगायत मर्चेन्ट बैंकर एशोसियसनका पदाधिकारीहरुसँग समन्वय गर्नुपर्ने छ । हुन त प्रायः अनलाइन छलफल भइरहेको हुन्छ । यो बारम्बार भइराख्नु पर्यो । जसले गर्दा संस्थाहरुको समस्या, सीमितता तथा गुनासोहरु, बुझिन्छ, प्रभावकारी निर्णय लिन सजिलो हुन्छ ।
धितोपत्र बोर्ड, नेप्से र मर्चेन्ट बैंकरहरुबीच छलफल भएर ६ महिना वा एक वर्षको योजना बनाउन जरुरी छ । जसले गर्दा कुनै एक संस्थाको फाइदा भन्दा पनि मार्केटको हित र स्थिरता कायम राख्न मद्दत पुग्ने छ ।
राफसाफ गर्नलाई ब्रोकर कहाँ पठाउनु पर्ने, कर्मचारीहरुलाई पास उपलब्ध गराउने सम्बन्धि छलफल हुन जरुरी छ । अहिले बजार खोल्ने नखोल्ने भन्ने विषयमा एउटा निर्णय लिनु ठिकै छ । तर केही समय मार्केट खोलेर बजारको अवस्था नराम्रो भएर पुनः लकडाउनमै फर्किनु पर्यो भने के गर्ने । यो अवस्थामा हामी संस्था लगायत लगानीकर्तालाई नै नराम्रो हुन्छ । लगानीकर्ताहरुबाट बारम्बार प्रश्न उठिरहन सक्छ । त्यसैले, यस विषयमा नियामकले आकस्मिक योजना बनाई राख्नु पर्ने हुन्छ । ताकि हामीले आफ्नो कामलाई निरन्तरता दिईरहन सक्ने छौं ।
यसको लागि धितोपत्र बोर्ड, नेप्से र मर्चेन्ट बैंकरहरुबीच छलफल भएर ६ महिना वा एक वर्षको योजना बनाउन जरुरी छ । जसले गर्दा कुनै एक संस्थाको फाइदा भन्दा पनि मार्केटको हित र स्थिरता कायम राख्न मद्दत पुग्ने छ ।
नेपाल मर्चेन्ट बैंकर एशोसियसनको कार्यकारी समितिमा सदस्य भएको नाताले यस्तो बेलामा नियामकले टाक्स सोर्स बनाएर अगाडि बढ्नको लागि सुझाव दिन चाहन्छु । यसले गर्दा, सबै संस्थाहरुले आ-आफ्नो गुनासो, लिमिटेसन तथा कन्ट्रिब्युसनहरु राख्न सक्नेछन् । यस्तो बेलामा सबै मिलेर अगाडि बढ्नु पर्छ भन्ने धारणा रहेको छ ।
अहिले अनलाईन कारोबार खुलाउन समस्या थिएन । तर अनलाईनमा जाने लगानीकर्ताको संख्या एकदमै कम छ । डिम्याट खाताको रेसियोमा अनलाईन लिनेको संख्या २ प्रतिशत पनि छैन । बजार खुल्ने तर शतप्रतिशत वा ५० प्रतिशतले कारोबार गर्ने ठाउँमा एक प्रतिशतले मात्र गर्दा त्यति प्रभावकारी नहुन सक्छ । कमसेकम १५ प्रतिशत लगानीकर्ता अनलाईन प्रणालीमा जानु भएको भए चाहिँ हुन्थ्यो । तर एक दुई प्रतिशत मात्र आवद्ध हुनुभएको कारणले कारोबार एकदमै न्युन हुने देखिन्छ एउटा ।
अर्को, प्राविधिक समस्या कहाँ छ भने डिपोजिट इन्स्ट्रक्सन स्लीप(डीआईएस) बुझाउन । सेयर ट्रान्सफर गर्दा उक्त स्लीप ब्रोकरले डिपोजिटरी पार्टिसिपेन्ट(डीपी) अर्थात मर्चेन्ट बैंकमा बुझाउन आउनु पर्ने हुन्छ । त्यसबाट सेयरको राफसाफ हुन्छ । हुन त सेयर ट्रान्सफरको लागि इलेक्ट्रोनिक डिपोजिट इन्स्ट्रक्सन स्लीप (इडीआईएस) पनि छ । त्यसबाट अनलाइन गर्दा नि हुन्छ । तर सबैले यसबाट गर्छन् भन्ने हुँदैन । त्यसैले डीआईएस डिपाटर्मेन्ट खुलाउनु पर्ने हुन्छ ।
यो अवस्थामा यो झन् आवश्यक भएको छ । सल्लाह सुझाव चाहिने भनेको अफ्ठ्यारो परेको बेलामा हो । आफूले गरेको लगानीको भाएबिलिटी (व्यवहार्यता) के छ, यो गरिराख्नु ठिक हो वा बन्द गर्नु ठिक हो । यस सम्बन्धि परामर्श निकै आवश्यक हुन्छ । यसमा हामी पछिल्लो दुई वर्षको अनुभव अनुसार हाम्रो टोलि तिखो भएका छौं । यो अवस्थामा सामाजिक दायित्वको हिसावले निःशुल्क प्राथमिक परामर्श दिने छौं ।
हामी अति आवश्यक सेवामा पनि पर्दैनौं । पुरै बन्दाबन्दीको अवस्थामा मार्केट खुल्यो भने सेयर राफसाफ गर्नु पर्यो । त्यसको लागि कर्मचारी पठाउनु पर्ने हुन्छ, डीपी एकाउन्टकै लागि मात्र भए पनि । यदि कथम् कथाचित स्टाफलाई केही भईदियो भने कानूनी दायित्वमा प्रश्न आउँछ कि, अति आवश्यक सेवामा नपरि किन खोल्नु भयो, रिक्स किन लिनुभयो भन्ने जस्ता । त्यसको जिम्मेवारी नियामक निकायले डाईरेक्ट लिने कुरा आउँदैन । हामी संस्थाले नै लिनु पर्ने हुन्छ । अर्को, स्टाफलाई जबरजस्ती पनि पठाउन पनि सकिन्न । इच्छा छ भने आफैले रिक्स लिएर जानुपर्ने हुन्छ उहाँहरु पनि । यहि छ समस्या ।
हैन, मार्केट पनि अति आवश्यक नै हो । बैंक तथा बीमा कम्पनीहरु जस्तै यो पनि सूचारु गर्नुपर्छ भन्ने हो भने सरकारले एउटा सूचना निकाल्नु पर्यो । त्यसपछि भने हामीले स्टाफलाई ढुक्कसँग पठाउन पनि सक्छौं ।
मार्केट आगामी बैशाख २८ गतेदेखि खुल्ने भन्ने कुरा भईरहेको छ । यसमा धितोपत्र बोर्ड र नेप्से दुबै सकारात्मक हुनुहुन्छ । हामीले पनि त्यहि अनुसारको तयारी गर्नुपर्ने हुन्छ । मर्चेन्ट बैंकहरुबीच यस विषयमा छलफल पनि भईरहेको छ । राफसाफ गर्ने विषयमा के कसरी गर्ने हो भनेर नियामकसँग तीव्र छलफल हुन जरुरी छ ।
कोभिड-१९ को कारणले मर्चेन्ट बैंकरको आम्दानीमा तत्काल असर परेको छैन । तर यसको असर भविश्यमा देखिन थाल्छ । अबको एकदेखि दुई वर्षसम्म संस्थाको प्रगति, व्यवसाय वृद्धि, तथा आम्दानीमा असर पर्ने देखिन्छ ।
परामर्शदाताको रुपमा हामी पछिल्लो दुई वर्षदेखि अगाडि छौं । यो अवस्थामा यो झन् आवश्यक भएको छ । सल्लाह सुझाव चाहिने भनेको अफ्ठ्यारो परेको बेलामा हो । आफूले गरेको लगानीको भाएबिलिटी (व्यवहार्यता) के छ, यो गरिराख्नु ठिक हो वा बन्द गर्नु ठिक हो । यस सम्बन्धि परामर्श निकै आवश्यक हुन्छ । यसमा हामी पछिल्लो दुई वर्षको अनुभव अनुसार हाम्रो टोलि तिखो भएका छौं । यो अवस्थामा सामाजिक दायित्वको हिसावले निःशुल्क प्राथमिक परामर्श दिने छौं । जसको लागि नबिल मर्चेन्टको ढोका सधैं खुल्ला छ ।
कोभिड-१९ को कारणले मर्चेन्ट बैंकरको आम्दानीमा तत्काल असर परेको छैन । तर यसको असर भविश्यमा देखिन थाल्छ । अबको एकदेखि दुई वर्षसम्म संस्थाको प्रगति, व्यवसाय वृद्धि, तथा आम्दानीमा असर पर्ने देखिन्छ । वर्षैपिछे निरन्तर ग्रोथ बढाउँदै जानमा अफ्ठ्यारो हुन्छ, त्यसमा संकुचन हुने निश्चित छ ।
किनभने अब लगानी गर्न चाहनेले १० चोटि सोच्ने गर्छ । लगानी डुब्ने हो की, पछि फेरि लकडाउन भएर यो पैसा मलाई नै चाहिने हो की, न मार्केट नै पो बन्द गरिदिने हो की भनेर । लगानी गर्नको लागि उनीहरु पहिलाको जसरी पोत्साहित हुन सक्दैनन् । यसले गर्दा संस्थाको पार्टफोलियो म्यानेजमेन्ट, डिम्याट खाता बढाउनमा असर पर्छ । पुराना लगानीकर्ता त बस्नु होला तर नयाँ थप्न चाहिँ भने गाह्रो हुने छ ।
तर बजारमा स्थापित हुन नै ग्राहो हुने अवस्था छैन । सस्टेन हुन्छ । यद्दपी, पर्यटन तथा होटल जस्तो बन्दै गर्नुपर्ने अवस्था चाहिँ हुँदैन ।
(नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमखु कार्यकारी अधिकृत(सीईओ) श्रेष्ठसँग मञ्जरी पौडेलले गरेको कुराकानीमा आधारित)