मेरो माइक्रोफाइनान्सद्धारा गाेरखामा दैनिक ज्याला मजदुरी गर्नेलाई सहयाेग

<p>काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्तले  दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न खरिद गर्नका लागी सिरानचोक गाउँपालिका, गोरखालाई आर्थिक सहयोग गरेको छ । बिश्वभर फैलिएको कोरोनाभाइरसले समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि गाउपालिकाको पहलकदमीलाई साथ दिन लघुवित्तबाट संस्थागत उतरदायित्व अन्तर्गत २० हजार [&hellip;]</p>

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्तले  दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न खरिद गर्नका लागी सिरानचोक गाउँपालिका, गोरखालाई आर्थिक सहयोग गरेको छ ।

बिश्वभर फैलिएको कोरोनाभाइरसले समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि गाउपालिकाको पहलकदमीलाई साथ दिन लघुवित्तबाट संस्थागत उतरदायित्व अन्तर्गत २० हजार रकमकाे चेक सहयाेग स्वरुप प्रदान गरिएको संस्थाले जनाएको छ ।

लघुवित्तका शाखा कार्यालयका शाखा प्रबन्धक दिपक भट्टले सिरानचोक गाउँपालिका प्रमुख राजु गुरुङलाई उक्त चेक प्रदान गरेका हुन । मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ६१ जिल्लामा १२० शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Share News