दुई महिनामा ३९ वटा उजुरी फर्छ्यौट, ३०३ उजुरी विचाराधीन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौसम्म ३९ वटा उजुरी फर्छ्यौट गरेको छ । 

प्राधिकरणले सार्वजनिक गरेको दुई महिनाको तथ्यांकअनुसार बीमा प्राधिकरणले फैसला र सहमतिबाट सो संख्या बराबरको उजुरी फर्छ्यौट गरेको हो ।

प्राधिकरणले ३२ वटा फैसलामार्फत र ७ वटा उजुरी फर्छ्यौट भएका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार भदौसम्ममा ३४२ वटा उजुरी परेका छन् । जसमध्ये ३१९ वटा उजुरी गत आवको हो । चालु आवको भदौसम्ममा केन्द्रीय कार्यालयमा २१ वटा र प्रदेश कार्यालयमा २ वटा गरी २३ वटा उजुरी परेका छन् । 

प्राधिकरणका अनुसार अझै ३०३ उजुरी फर्छ्यौटट हुन बाँकी रहेको छ ।

गत आर्थिक वर्षमा प्राधिकरणले ६०० वटा उजुरीमध्ये २८१ वटा उजुरीमात्रै फर्छ्यौट गरेको थियो ।

Share News