तेस्राे त्रैमासमा बीमा शुल्क साढे २ अर्बले बढ्यो

काठमाडौं । तेस्राे त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको आम्दानी बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा यो वर्षको सोही अवधिमा बीमा शुल्क बढेको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बीमा शुल्क २ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । यद्यपि सरकारले देशभर लागू गरेको लकडाउनका कारण सर्वसाधारणको आवतजावत पूर्णरुपमा बन्द गरिएपछि चैत महिनामा तिर्नुपर्ने बीमा शुल्क तिर्ने अवधी थप गरी व्याज नलाग्ने व्यवस्था गरिएको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बीमा शुल्क १७ अर्ब ३२ करोड रुपैयाँ संकलन भएको थियो । बीमा समितिले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षकोे चैत समान्तसम्ममा १८ लाख १२ हजार ९ सय २५ जना बीमाको दायरामा आएका छन् । निर्जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारी संख्या ४ हजार ९ सय ६७ छन् भने कार्यालय संख्या ८ सय ९० छ । कुन कम्पनीले कति संकलन गर्यो बीमा शुल्क ? नेपाल इन्स्योरेन्स कम्पनीले गत चैत मसान्तसम्ममा ८६ करोड रुपैयाँ संकलन गरेको छ । यस्तै, ओरेन्टल इन्स्योरेन्सले ७९ करोड, नेशनल इन्स्योरेन्सले ६१ करोड र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । समितिले दिएको जानकारी अनुसार युनाईटेडले ५६ करोड रुपैयाँ, प्रिमियर इन्स्योरन्सले १ अर्ब ३० करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ७४ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ६२ करोड र सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ, आईएमई जनरलले ९९ करोड रुपैयाँ, प्रुडेन्सियलले ८३ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सले २ अर्ब ३२ करोड रुपैयाँ, लुम्बिनी जनरलले ८७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । समितिका अनुसार जनरल इन्स्योरेन्स कम्पनीले ८७ करोड रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले ६१ करोड रुपैयाँ र सानिमा जनरलले २६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सरकारी स्वामित्व पनि रहेको राष्ट्रिय बीमा कम्पनीले भने बीमा शुल्क संकलनको विवरण समितिमा बुझाएको छैन ।

सगरमाथा इन्स्योरेन्सकाे नाफा १७ करोड ४१ लाख

काठमाडाैं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्ष(आव)को तेस्रो त्रैमास अर्थात चैत मसान्तमा १७ करोड ४१ लाख रूपैयाँ नाफा गरेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे वित्तीय वितरण अनुसार उक्त नाफा गत आवको साेही अवधिकाे तुलनामा १.२८ प्रतिशत बढी हाे । कम्पनीले गत आवको चैत मसान्तमा १७ करोड १९ लाख रुपैयाँ नाफा कमाएकाे थियाे । हाल १ अर्ब १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीकाे जगेडा कोषमा ३४ करोड ४७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमा कोषमा ६२ करोड १३ लाख रुपैयाँ रहेको छ भने महा विपत्ति कोषमा ११ करोड १६ लाख रुपैयाँ रहेको छ । साे अवधिमा कम्पनीले ७४ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क र पुनर्बीमा कमिशनबाट २३ करोड २ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी २३.२९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २०७.६५ रूपैयाँ रहेको छ ।

अब घरबाटै डिम्याट खाता र मेरो सेयरको नविकरण शुल्क बुझाउन सकिने

काठमाडाैं । एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकमा हितग्राही खाता खोलेका ग्राहकहरुले घरमै बसी अनलाइन मार्फत डिम्याट खाता र मेरो सेयरको नविकरण शुल्क बुझाउन सक्ने भएका छन् । यससँगै एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकका हितग्राही खाताधारकहरुले इसेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत नविकरण शुल्क भुक्तानी गर्न सक्नेछन् । यसका साथै, एनआईसी एशिया बैंक को अनलाईन बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले यस क्यापिटलको नाममा एनआईसी एशिया बैंकमा रहेको बैंक खाता नं. ५४४४४५१०२५५२४०१७ मा उक्त नविकरण शुल्क सोझै भुक्तानी गर्न सकिनेछ । साथै, खाताधारकहरुले उक्त नविकरण शुल्क भुक्तानी गर्दा आफ्नो हितग्राही खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ ।