यूनाईटेड फाइनान्सको नाफा ४० प्रतिशतले वृद्धि

<p>काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यूनाइटेड फाइनान्सको नाफा करिब ४० प्रतिशतले बढेको छ । जुन गत आर्थिक वर्षको सो अवधिको तुलनामा २ करोड ४ लाख रुपैयाँ बढी हो । चालु आवको तेश्रो त्रैमासिक विवरण अनुसार संस्थाले ७ करोड १६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन गत आवको सो अवधिमा ५ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यूनाइटेड फाइनान्सको नाफा करिब ४० प्रतिशतले बढेको छ । जुन गत आर्थिक वर्षको सो अवधिको तुलनामा २ करोड ४ लाख रुपैयाँ बढी हो ।

चालु आवको तेश्रो त्रैमासिक विवरण अनुसार संस्थाले ७ करोड १६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन गत आवको सो अवधिमा ५ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा बढेर १० करोड २३ लाख रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्मा कम्पनीले कूल ६ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब ८९ करोड कर्जा परिचालन गरेको छ । जसबाट कम्पनीले २३ करोड ६२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको वित्तीय विवरणमा उल्लेख छ ।

हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा २४ करोड १६ लाख र सेयरधनी कोषमा ७ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

Share News