पुनर्बीमा कम्पनीको विभिन्न क्षेत्रमा ३२ अर्बभन्दा बढी लगानी

कुन क्षेत्रमा कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा पुनर्बीमा कम्पनीहरूले ३२ अर्ब ९८ करोड रुपैयाँ बराबर लगानी गरेका छन् ।

बीमा प्राधिरकणले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई पुनर्बीमा कम्पनीले एक वर्षमा ३२ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ लगानी गरेका छन् ।

एक वर्षमा हिमालयन रि इन्स्योरेन्स कम्पनीले १८ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीले १४ अर्ब ११ करोड ७ लाख रुपैयाँ लगानी गरेका छन् । 

कुन क्षेत्रमा कति लगानी ? 

पुनर्बीमा कम्पनीहरूले सबैभन्दा धेरे लगानी बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा गरेका छन् । मुद्दति निक्षेपमा मात्रै कम्पनीहरूले १९ अर्ब ९० करोड ३१ लाख रुपैयाँ लगानी गरेका छन् । 

बीमा कम्पनीहरूले वाणिज्य बैंकको निक्षेपमा १९ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, विकास बैंकहरूको मुद्दति निक्षेपमा ४४ करोड र वित्त कम्पनीमा २५ करोड रुपैयाँ लगानी गरेका छन् । 

त्यसैगरी बीमा कम्पनीहरूले सरकारी बचतपत्र तथा ऋणपत्रमा १ अर्ब ८० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ६२ करोड ८७ लाख रुपैयाँ लगानी गरेका छन् । 

त्यस्तै, नागरिक लगानी कोष र म्युचुअल फन्डमा १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा १ अर्ब ५ करोड, अन्य संस्थापक सेयरमा २२ करोड र सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा ५४ करोड रुपैयाँ लगानी गरेका छन् ।

Share News