गरिमा विकास बैंकले ल्यायो छोटो समयमा पैसा दोब्बर र तेब्बर हुने योजना

काठमाडौं । गरिमा विकास बैंकले छोटो समयमा निक्षेप दोब्बर र तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ । बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने मुद्धती योजना सार्वजनिक गरेको हो । महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको कारणले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने योजना ल्याएको बैंकले जनाएको छ । यो योजनाले नेपालीहरुको जिविका सहज गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास राखेको बैंकले जनाएको छ । हाल, यस बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस विकास बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

ठमेलको रमादा एन्कोर होटलमा सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ठमेल स्थित रमादा एन्कोर होटलबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर भए पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले रमादा एन्कोर होटलबाट प्रदान गरिने सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको जनाएको छ । सटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १४ लाख ४६ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

महालक्ष्मी विकास बैंकले दियो ५० हजारको छात्रवृत्ति

काठमाडाैं । महालक्ष्मी विकास बैंकले कक्षा आठमा अध्यनरत सन्तोष कुमार मण्डललाई ५० हजार छात्रवृत्ति प्रदान गरेको छ । बैंकले नक्सालमा रहेकाे नन्दी माध्यामिक विद्यालयमा अध्यनरत मण्डललाई लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हाे । महालक्ष्मी विकास बैंकको महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ति बैंकका संस्थापक तथा मनकामना दर्शनका सञ्चालक राजेश बाबु श्रेष्ठले मण्डललाई हस्तान्तरण गरेका छन् । धनुषा जिल्ला, धवौली स्थायी घर भएका मण्डलको पारिवारिक आर्थिक स्थिति अत्यन्त कमजोर भएकोले उनको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले ५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ । बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।