सेयर धितो कर्जामा १२ करोड सीमा तत्कालको लागि मात्रै हो : प्रकाश श्रेष्ठ

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले सेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायमै राख्ने पक्षमा राष्ट्र बैंक नभएको बताएका छन् । सोमबार आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले यस्तो बताएका हुन् । उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितोकर्जामा कडाई गरेको तर ४/१२ करोडको सीमामा ४ करोड हटाएर [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले सेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायमै राख्ने पक्षमा राष्ट्र बैंक नभएको बताएका छन् । सोमबार आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितोकर्जामा कडाई गरेको तर ४/१२ करोडको सीमामा ४ करोड हटाएर १२ मात्रै कायम गरिएको बताए । डा. श्रेष्ठले गत वर्ष राष्ट्र बैंकलाई सेयर धितोकर्जामा ४/१२ भनेर ट्याग नै लागेकाले १२ करोडको सीमा पनि कायम राख्ने पक्षमा नभएको बताए

उनले राष्ट्र बैंकको लागि सेयर मार्जिन ट्रेडिङमा ठूलो समस्या नभएको भन्दै सेयर मार्जिन ट्रेडिङमा विभिन्न स्टुमेण्टहरुको शुरुवात हुनुपर्ने बताए ।

यस्तै, उनले सेयर कारोबारको लागि बैंकको कर्जा शुन्य गर्न नसकिने बताए । ‘बैंकको कर्जा अन्य धेरै क्षेत्रहरुमा आवश्यक भएकाले सेयर कारोबारको लागि थोरै मात्रै बैंक कर्जा प्रयोग गर्दा अन्य क्षेत्रलाई बैंक कर्जा उपलब्ध गराउन सहज हुन्छ,’ उनले भने ।

डा. श्रेष्ठले समग्र पुँजीबजारको विकासको लागि राष्ट्र बैंक सकारात्मक रहेको बताए ।

Share News