काठमाडाैं । महालक्ष्मी विकास बैंकले कक्षा आठमा अध्यनरत सन्तोष कुमार मण्डललाई ५० हजार छात्रवृत्ति प्रदान गरेको छ । बैंकले नक्सालमा रहेकाे नन्दी माध्यामिक विद्यालयमा अध्यनरत मण्डललाई लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हाे ।
महालक्ष्मी विकास बैंकको महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ति बैंकका संस्थापक तथा मनकामना दर्शनका सञ्चालक राजेश बाबु श्रेष्ठले मण्डललाई हस्तान्तरण गरेका छन् ।
धनुषा जिल्ला, धवौली स्थायी घर भएका मण्डलको पारिवारिक आर्थिक स्थिति अत्यन्त कमजोर भएकोले उनको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले ५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।
बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।