सानिमा बैंकका ग्राहकलाई बुवाको मुख हेर्ने दिनमा विशेष छुट

काठमाडाैं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । यस अनुसार बैंकले ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक, ओनेक्स ट्रेडिङ प्रा.लि.(द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् । सानिमा बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट क्युआर कोड बाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना भदाै ११ गते मात्र लागू हुने बैंकले जनाएकाे छ । सानिमा बैंकले देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

महालक्ष्मी विकास बैंकले ल्यायो ९ प्रतिशत ब्याज दिने खाता, मासिक भुक्तानी गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत ब्याजदर, नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैंकिङ्ग सुविधा प्रदान गरिने बैंकले जनाएको छ । बैंककाे अनुसार न्यूनतम मौज्दात ५०० रुपैयाँमै खाता खोल्न सकिने यस बचत खातामा मासिक ब्याज भुक्तानी हुने छ । बैंकले देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने जनाएको छ । बैंकले ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

ग्लोबल आइएमइ बैंकले बढायो एनआरएन खाताको ब्याज, ६ मुद्रामा खाता खाेल्न सकिने

काठमाडौं । ग्लोबल आइएमइ बैंकले एनआरएनको लागि संचालन गर्दै आएको डलर खाताको ब्याज बढाएको छ । बैंकले डलर खाताको बचत र मुद्धति खातामा १.५ प्रतिशतले ब्याज बढाएको हो । बैंकको अनुसार बचत खातामा ४.५ प्रतिशत र मुद्दती खातामा ५.५ प्रतिशत ब्याज कायम गरिएको छ । यसअघि बैंकले बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ४ प्रतिशत ब्याज दिंदै आएको थियो । विदेशमा बस्ने नेपालीलाई लक्षित गरि नेपाल सरकारले गैर आवासीय नेपाली र उनीहरुबाट प्रवद्र्धित संस्थाले नेपाली बैंकमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, जापनिज येन र चिनिया युआनमा मुद्दती एवं वचत खाता खोल्न, विदेशी मुद्रामै आफ्नो वचत लैजान पाउने नियम लागू गरेको छ । गैर आवासीय नेपाली (एनआरएन) का लागि नेपाली बैंकमा डलर खाता खोल्न नेपाल सरकारले अनुमति दिएपछि ग्लोवल आइएमइ बैंकले यस्ताे सुविधा दिएकाे हाे ।  ग्राहकको सुविधालाई मध्यनजर गर्दै नयाँ खाता खोल्न र विदेशी रकम जम्मा गर्दा दिइने ब्याजदरमा वृद्धि गरेको बेलायतस्थित ग्लोबल आइएमइ बैंकको सम्पर्क कार्यालयका प्रमुख प्रतिनिधि अमित चालिसेले बताए । बैंकले भिडियो कल (भिडियो केवाइसी) को माध्यमबाट घरमै बसेर सहज रुपमा डलर खाता खोल्न सकिने सुविधा ल्याएको छ । बैंकको वेवसाइटमा गएर नयाँ खाता खोल्न अनलाइन फारम भरेर आवश्यक कागजपत्र अपलोड गरेपछि बैंकका कर्मचारीसंग भिडियो कलमार्फत सम्पूर्ण प्रमाणीकरण गरिनेछ । अनलाइन खाता खोल्नेवित्तिकै डेबिट कार्ड, इन्टरनेट बैकिङ, मोबाइल बैंकिङ तथा डिम्याट/मेरो शेयर लगायत सुविधाहरु उपलब्ध हुनेछन् ।