कुमारी बैंकको खुर्कोट शाखा संचालन
काठमाडौं । कुमारी बैंकले सिन्धुली जिल्लास्थिते खुर्कोट शाखा संचालनमा ल्याएकोे छ । बैंकले भदौ १५ गते बुधबारबाट खुर्कोट शाखा संचालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको जनाएको छ । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ । कुमारी बैंकले देशभर रहेका १९८ शाखा संजाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
बैंक अफ काठमाण्डूका ग्राहकलाई रुपन्देहीकाे मेरो स्टोरमा १० प्रतिशत छुट
काठमाडौं । बैंक अफ काठमाण्डू र मेरो स्टोरबीच सम्झौता भएको छ । बैंक र स्टोरबीच बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात बैंकका ग्राहकलाई रुपन्देहीमा रहेको मेरो स्टोरमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले गोरखामा व्यवसाय गर्नेलाई सहुलियतपूर्ण कर्जा दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र गोरखा जिल्लाका तीन पालिकाबीच सम्झौता भएको छ । बैंक र गोरखाको गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगर, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा र बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले हस्ताक्षर गरेका छन् । सम्झौतापछि पालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यसले उद्यमी र बैंकबीचको खाडल हटाउन सहयोग पुग्ने बताए । गोरखा नगरपालिकाका नगर प्रमुख मगरले नगरपालिकाले कृषिमा व्यवसायीकरण, पर्यटन र साना उद्योगको प्रवद्र्धनमा लिएको नीति तथा कार्यक्रम लागू गर्न सघाउ पुग्ने बताए । यस्तै, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष बन्जाराले सम्झौताले उद्यमशीलता बढाई गरिबी हटाउन सहयोग पुग्ने बताए । बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष भट्टले बारपाक २०७२ सालको भुकम्प पिडित क्षेत्र भएकाले पालिका क्षेत्रको आर्थिक पुर्नउद्धारमा सहयोग पुग्ने बताए ।