ठमेलको रमादा एन्कोर होटलमा सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ठमेल स्थित रमादा एन्कोर होटलबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर भए पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले रमादा एन्कोर होटलबाट प्रदान गरिने सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ठमेल स्थित रमादा एन्कोर होटलबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर भए पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले रमादा एन्कोर होटलबाट प्रदान गरिने सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

सटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १४ लाख ४६ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News