माछापुच्छ्रे बैंकको नाफा १६ प्रतिशतले बढ्यो, ईपीएसमा पनि सुधार

काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफा १६ प्रतिशतले बढेको छ । बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार बैंकको खुद नाफा १६ प्रतिशतले बढेको हो । चालु आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ नाफा गरेको छ । बैंकको गत आबको चैत मसान्तसम्ममा नाफा १ अर्ब २९ करोड ६ लाख १२ हजार रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले चैत मसान्तसम्ममा १ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब १७ करोड २७ लाखरु पैयाँ कर्जा लगानी गरेको छ । जुन गत आबको तुलनामा बढी नै हो । बैंकको खद व्याज आम्दानी पनि बढेको छ । बैंकले १ अर्ब १७ करोड ४७ लाख हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकको प्रतिशेयर आम्दानी ३.३९ रुपैयाँ बढेको छ । गत आबको सोही अवधिमा १६.७८ रुपैयाँ रहेको बैंकको ईपीएस चालु आबको चैत्र मसान्तसम्म २०.१७ रुपैयाँ कायम भएको छ । बैंककाे ८९.१३ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको छ । बैंकको खराब कर्जा ०.८७ प्रतिशत छ ।

नेपाल बंगलादेश बैंकको नाफा ३२.१८ प्रतिशतले घट्यो, यस्ता छन् अन्य सूचक

काठमाडाैं । नेपाल बंगलादेश बैकको नाफा ३२.१८ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा घटेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी पनि २.२४ प्रतिशत लेघटेको छ भने सञ्चालन मुनाफा ३९.०८ पनि प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस १०.२८ पैसा घटेर १४.६९ पैसामा कायम भएको छ । तेस्रो त्रैमाससम्म बैंक्को प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.१६ गुणा रहेको छ। बैंकले ८२ अर्ब २ करोड १५ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन र ७६ अर्ब २० करोड ९२ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा कर्जा बढेको छ भने निक्षेप घटेको देखिएको छ ।

प्रभु बैंकको नाफा १ अर्ब ७५ करोड रुपैयाँ, ईपीएस पनि घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमा प्रभु बैंकको नाफा घटेको देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १६.९० प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आबको तुलनामा चालु आबको नाफा १६.९० प्रतिशतले कम हो । खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६.४० पैसा घटेर १८.४१ पैसा कायम भएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.७२ प्रतिशत बढेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन मुनाफा १६.२२ प्रतिशत घटेर २ अर्ब ५६ करोड ६ लाख ३५ हजार रुपैयाँ र वितरणयोग्य नाफा ७८ करोड ३ हजार रुपैयाँ रहेको छ । यस्तै, बैंकले १ खर्ब ६७ अर्ब ३६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४३ अर्ब ७१ करोड २७ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।