काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफा १६ प्रतिशतले बढेको छ । बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार बैंकको खुद नाफा १६ प्रतिशतले बढेको हो ।
चालु आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ नाफा गरेको छ । बैंकको गत आबको चैत मसान्तसम्ममा नाफा १ अर्ब २९ करोड ६ लाख १२ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकले चैत मसान्तसम्ममा १ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब १७ करोड २७ लाखरु पैयाँ कर्जा लगानी गरेको छ । जुन गत आबको तुलनामा बढी नै हो ।
बैंकको खद व्याज आम्दानी पनि बढेको छ । बैंकले १ अर्ब १७ करोड ४७ लाख हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ३.३९ रुपैयाँ बढेको छ । गत आबको सोही अवधिमा १६.७८ रुपैयाँ रहेको बैंकको ईपीएस चालु आबको चैत्र मसान्तसम्म २०.१७ रुपैयाँ कायम भएको छ ।
बैंककाे ८९.१३ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको छ । बैंकको खराब कर्जा ०.८७ प्रतिशत छ ।