काठमाडौं । एनआईसी एसिया बैंकको नाफा करिब १९.९६ प्रतिशतले बढेको छ । बैंकले सार्वजनकि गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार बैंकले तेस्रो त्रैमाससमम कुल ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आबको सोही अवधिमा बैंकले ३ अर्ब ४८ लाख रुपैयाँ नाफा गरेको हो ।
बैंकले चैत मसान्तसम्म ३ खर्ब २ अर्ब निक्षेप संकलन र २ खर्ब ७४ अर्ब कर्जा लगानी गरेको छ ।
बैंकले ८ अर्ब २५ करोड ८४ लाख रुपैयाँ दखुद व्याज आम्दानी गरेको छ । गत आबको सोही अवधिमा ६ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
बैंकको प्रतिशेयर आम्दानी ४१.२४ रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २१०.११ रुपैयाँ छ ।