बैंक हाँक्न तम्तयार १५ ‘लेडी बैंकर्स’
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको छ । बैंकको कर्मचारीदेखि उच्च व्यवस्थापन तहमा रहेर काम गर्ने महिलाको संख्या राम्रो छ । आधा दर्जन बैंकमा महिलाहरू नै नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का रुपमा कार्यरत छन् भने अधिकांश वाणिज्य बैंकहरूको उच्च व्यवस्थापन तहमा महिलाको सहभागिता बढ्दो छ । नेपालको संविधानले नै हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ । तर, बैंक तथा वित्तीय संस्थामा भने सो व्यवस्थाभन्दा पनि बढी नै संख्यामा महिलाहरू कार्यरत रहेको नेपाल बैंकर्स संघले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा महिलाहरूको सहभागिता बढेसँगै उनीहरू बिस्तारै उच्च व्यवस्थापनममा पुग्ने गरेका छन् । दुई साता अगाडिमात्रै मेगा बैंकी सीईओ अनुपमा खुञ्जेली बैंकबाट बाहिरिन् । उनी नेपाली वाणिज्य बैंकको पहिलो महिला सीईओ हुन् । उनी मेगा बैंकबाट बाहिरिएसँगै सो बैंकको कामु सीईओको रुपमा रविना देशराज श्रेष्ठले जिम्मेवारी पाएकी छन् । मेगा बैंकको उच्च व्यवस्थापनमा नै महिला बैंकरको सहभागिता बढी देखिन्छ । बैंकको उच्च व्यवस्थापनमा प्रज्ञा पाण्डे, डेनी श्रेष्ठ र जेनु थापा पनि छन् । उनीहरू वरियतामा क्रमशः चौथो, सातौं र आठौं नम्बरमा छन् । पछिल्लो समय महिला बैंकरहरू बैंकको उच्च व्यवस्थापनमा गएर बैंकको नै नेतृत्व गर्न तयार अवस्थामा देखिन्छन् । पाँचवटा वाणिज्य बैंकको उच्च व्यवस्थापनको दोस्रो वरियतामा महिलाहरू नै छन् । अहिले नेपाल बैंकमा डेपुटी सीईओको रुपमा समता पन्त भट्ट कार्यरत छिन् । उनी बैंकको व्यवस्थापनमा दोस्रो वरियतामा छिन् । नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारीपछि सीईओ बन्ने लाइनमा पन्त नै छिन् । यस्तै, एनसीसी बैंकमा बन्दना पाठक डेपुटी सीईओका रुपमा कार्यरत छिन् । उनी पनि बैंकमा सीईओपछि दोस्रो वरियतामा छिन् । यसपछि सीईओ सम्भवतः उनी नै बन्नेछिन् । सनराइज बैंकको डेपुटी सीईओका रुपमा आरती राणाले काम गरिरहेकी छन् । उनी बैंकमा दोस्रो वरियतामा छिन् । हालका सीईओ सुमन शर्मापछि सम्भवतः सीईओ राणा नै बन्नेछिन् । सेञ्चुरी बैंकको दोस्रो वरियतामा अनुपमा श्रेष्ठ छिन् । उनी हाल सो बैंकमा चिफ मार्केटिङ अफिसरका रुपमा काम गरिरहेकी छन् । सेञ्चुरी बैंकले युवाहरूलाई प्राथमिकता दिइरहेको छ । हालै मात्रै कामु सीईओको जिम्मेवारी सम्हालिरहेका मनोज न्यौपाने सो बैंकको सीईओ बनेका छन् । न्यौपानेपछिको वरियतामा श्रेष्ठ नै छिन् । यस्तै, एनएमबी बैंकमा सबनाम लिम्बु चिफ सपोर्ट अफिसरका रुपमा कार्यरत छिन् । उनी बैंकमा वरियताको हिसावले तेस्रो नम्बरमा छन् । नबिल बैंकमा नमिता दिक्षीत पनि बैंकको चिफ रिक्स अफिसरका रुपमा कार्यरत छिन् । उनी बैंकको व्यवस्थापनमा वरियतामा पाँचौं नम्बरमा छिन् । नेपाल इन्भेष्टमेन्ट बैंकमा सुजता जोशी छिन् । उनी बैंकको रिक्स म्यानेजमेन्ट डिपार्टमेन्टको नेतृत्व गर्दै आएकी छन् । उनी बैंकमा वरियतामा छैठौं नम्बरमा छिन् । यस्तै, ग्लोबल आईएमई बैंककी शान्ता सिवाकोटी चिफ म्यानेजरका रुपमा कार्यरत छिन् । बैंकिङ करियरमा राम्रो पोर्टफोलियो बनाएकी बैंकरका रुपमा शिवाकोटी परिचित छन् । उनी वरियतामा १०औं नम्बरमा छिन् । हिमालयन बैंकमा सिशम प्रधानांगा जोशी पनि बैंकको रिक्स म्यानेजमेन्ट डिपार्टमेन्टमा छिन् । उनी बैंकमा वरियतामा आठौं नम्बरमा छिन् । नेपाल बंगलादेश बैंकमा सालोनिका सिंह डेपुटी जनरल म्यानेजरमा कार्यरत छन् । उनी बैंकमा चिफ विजनेस अफिसरका रुपमा कार्यरत छिन् । उनी बैंकमा वरियतामा चौथो नम्बरमा छिन् । यस्तै, एभरेष्ट बैंकमा अन्जु शर्मा पनि बैंकको क्रेडिट डिपार्टमेन्टमा कार्यरत छिन् । उनी बैंकमा वरियतामा छैठौंमा छिन् । प्रभु बैंकमा रश्मी पन्त पनि बैंकको उच्च व्यवस्थापनमा छिन् । उनी बैंकको चिफ अपरेटिङ अफिसर हुन् । उनी बैंकमा वरियताको रुपमा पाँचौंमा कार्यरत छिन् । सिद्धार्थ बैंकको उच्च वयवस्थापनमा शैलाजा ज्ञवाली छिन् । उनी बैंकको इन्टिग्रेटेड हेडका रुपमा कार्यरत छिन् भने बैंकको आठौं वरियतामा काम गरिरहेकी छन् । सिभिल बैंकमा शिलु अर्याल पनि मानव संशाधनको हेडका रुपमा काम गरिहरेकी छन् । उनी बैंकको व्यवस्थापनमा नवौं वरियतामा छिन् । यी सबै महिला बैंकरहरू अबको ५/१० वर्षपछि नेपाली वाणिज्य बैंकको नेतृत्व गर्न तयार अवस्थामा छन् । अहिले नै डीसीईओ रहेका महिलाहरू अब केही समयभित्रै सीईओ बन्ने अवस्थामा छन् ।
रुपन्देहीमा व्यावसायिक तरकारी खेती तालिम
रुपन्देही । लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा आफ्ना २७ ग्राहक सदस्यहरूको सहभागितामा वैशाख ५ देखि ७ गतेसम्म रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरमा व्यावसायिक तरकारी खेती तालिम सम्पन्न भएको छ । करेसाबारीको परिचय, महत्त्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फलवाला तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा व्यवस्थापन, साग बाली खेती र बेमौसमी तरकारी खेती प्रविधिबारे जानकारी गराइएको संस्थाका नायव महाप्रवन्धक पवनकुमार श्रेष्ठले बताए संस्थाले ग्राहक सदस्यहरूलाई वित्तीय सेवाहरूका साथसाथै ग्राहक सदस्यहरूको क्षमता अभिवृद्धि गराउन तथा व्यवसाय सञ्चालन गर्न सघाउ पुर्याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गरी रहेको छ । तालिमको प्रशिक्षण शिशिर अधिकारी, खेमराज भण्डारी, पवनकुमार श्रेष्ठ, विक्रम उपाध्याय र रामबहादुर आलेले दिएका छन् । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयमार्फत प्रदान गर्दै आइरहेको छ ।
सरकारसँग गभर्नरको कुरा मिलेन अनि हटाएको : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाहमा गभर्नरलाई हटाइएको बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री र अर्थमन्त्रीबीच सल्लाहमा नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको दाबी गरेका हुन । उनले अहिलेको सरकार र गभर्नरबीच सुरूदेखि नै समस्या देखिँदै आएपछि बाध्य भएर निलम्बन गर्नुपरेको बताए । ‘सरकार र गभर्नरका बीचमा समस्या देखिएको थियो, अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै निलम्बनको निर्णय गरेका हुन, १३ गते सर्वाेच्च अदालतले दुबै पक्षलाई बोलाएको छ, त्यसपछि मात्र बाँकी कुरा भनौँला,’ उनले भने । गत चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि काममा फर्किएका छन् ।