नाफामा नम्बर वान बन्यो ग्लोबल आईएमई बैंक, उत्साहजनक वित्तीय सूचक

<p>काठमाडौं । ग्लोबल आईएमई बैंक नाफामा नम्बर वान बनेको छ । बैंकले सार्वजनिक गरेको चाुल आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी ३ अर्ब ७२ करोड ६२ लाख रूपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आबको सोही अवधिमा ३ अर्ब ५७ करोड ८२ लाख खुद नाफा गरेको थियो [&hellip;]</p>

काठमाडौं । ग्लोबल आईएमई बैंक नाफामा नम्बर वान बनेको छ । बैंकले सार्वजनिक गरेको चाुल आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी ३ अर्ब ७२ करोड ६२ लाख रूपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आबको सोही अवधिमा ३ अर्ब ५७ करोड ८२ लाख खुद नाफा गरेको थियो ।

बैंकको नाफा गत आब सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले बढेको हो । हो । बैंकको खुद व्याज आम्दानी ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ छ ।

९ महिनामा बैंकले १३.८ प्रतिशतले कर्जा विस्तार गरेर २ खर्ब ६० अर्ब रूपैयाँ पु¥याएको छ भने निक्षेप २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख रुपैयाँ संकलन गरेको छ ।

२३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ चुक्तापुँजी भएको ग्लोबल बैंकको जगेडा कोष ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेपनि बैंकको चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १.१७ रूपैयाँले घटेर २०.८८ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १४९.४५ रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

Share News