बालविवाह अन्त्यका लागि ग्लोबल आइएमई बैंकको ५ लाख सहयोग
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्टा क्लब, काठमाडौंलाई बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा रु ५ लाख सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जोन्टा क्लब, काठमाडौंका अध्यक्ष मीरा ज्योतीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उक्त सहयोगबाट जोन्टा क्लबले प्रदेश सरकार तथा स्थानीय निकायहरुसँगको सहकार्यमा प्रदेश २ का विभिन्न विद्यालयहरुमा पुगेर करीब एक हजार विद्यार्थीमाझ बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानका कार्यक्रमहरु सञ्चालन गर्नेछ । गरिबी, अशिक्षा तथा अन्धविश्वासले गर्दा नेपालका धेरै समुदायमा बालविवाहको प्रचलन रहेको तथा प्रदेश २ मा यसको अवस्था गम्भीर रहेकोले बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा बैंक जोडिएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए । उक्त अवसरमा बैंकका सहायक महाप्रबन्धक आरती राणा, जोन्टा क्लबका सीमा गोल्छा लगायत बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नबिल बैंकद्वारा वार्षिकोत्सवको अवसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन
काठमाडौं । नबिल बैंकले असार २८ गते मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकको ३० औं वार्षिकोत्सबको उपलक्षमा २०७१ साउनमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको थियो । त्यसपछी बैंकले नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरस˚ाइ तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गर्दै आएको जनाएको छ । बैंकको बार्षिकोत्सवको अवसरमा खेलकुद लगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरी मनाएकोमा अध्यक्ष शम्भुप्रसाद पौड्यालले खुशी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे ।
सनराइज बैंकद्वारा त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण
काठमाडौँ । सनराइज बैंकले वातावरण संरक्षण गर्ने उद्देश्यले त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण गरेको छ । क्लबले वातावरण र खेलकुद प्रबद्र्घनको लागि ल्याएको गो गीन गल्फ क्याम्पेन अन्तरगत आयोजना गरेको उक्त कार्यक्रममा ५०० वटा विभिन्न जातका बिरुवाहरु रोपिएको हो । बैंकका अध्यक्ष मोतीलाल दुगड तथा बलाध्यक्ष रथि गौरव तन्डुलले बृक्षारोपण गरी कार्यक्रम शुरु गरेका थिए । उक्त कार्यक्रममा बैंक संचालक समितिका सदस्य बच्छराज तातेड, शैलेन्द्र गुरागाईं र त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबबाट पूर्व प्रधान सेनापति रुकमाङ्गद कटवालका साथै सनराइज बैंक र आर्मीका अन्य पदाधिकारीहरुले पनि बृक्षारोपण गरेका थिए ।