चितवनकाे सिजी ल्यान्डमार्कमा मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालन
काठमाडौं । चितवनको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालनमा आएको छ । भरतपुर हाइटस्थित सिजी ल्यान्डमार्कमा यही शुक्रबारबाट सञ्चालनमा आएको हो । सिनेप्लेक्सका सञ्चालक कमल चौधरीले अत्याधुनिक प्रविधिमा बनेको हलमा दुईवटा स्क्रिन भएको र स्क्रिन १ मा १४३, २ मा २१९ सिट रहेको जानकारी दिएका छन् । साथै, चितवन र आसपास क्षेत्रका सिनेप्रेमीलाई सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा सबभन्दा पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको उनले बताए ।
महिला फुटबलको उपाधी जित्न सफल दुर्गा मावि
काठमाडौं । महिला फुटबल प्रतियोगिताको उपाधी दुर्गा माविले हात पारेको छ । रुपन्देहीको आयोजनामा पुस १ गतेबाट शुरु भएको उक्त खेलको फाइनल राउण्डमा पशुपति मावि कोटिहवालाई १–० गोलले पछाडि पार्दै खेलको उपाधी हात पार्न सफल भएको हो । सोही दिनको दोश्रो खेल पर्ल मावि तिनपा कोटिहवा र पशुपति मावि तिनपा कोटिहवा बीच भएको थियो । पर्ल मावि र पशुपति मावि बीच भएको खेलमा पशुपति माविलाई पर्ल माविले ५–० गोलले हराएको थियो । पशुपतिलाई ५ गोलले हराएपनि पर्ल माविको चलाखीपूर्ण घुषपैठको कारणले पशुपतिले खेलमा पुन प्रवेश पाएको थियो । पर्ल माविको चलाखीपूर्ण कामले खेललाई दुई दिन सम्म प्रभावित बनायो । पूर्व निर्धारित समय अनुसार ३ गते हुने फाईनल खेल सरेर ५ गते पुग्यो । ४ गते भएको दोश्रो चरणको खेलमा खेलको सुरु मै बाई पाएको टिकुलीगढ मावि तिनपा टिकुलीगढ र पर्ल मावि सँग पराजित भएको पशुपति मावि खेलको मैदानमा उत्रिएका थिए । पशुपति मावि र टिकुलीगढ मावि बीच भएको खेलमा पशुपति माविले टिकुलीगढ माविलाई १–० गोलले पराजित गर्दै फाईनल राउण्डमा प्रवेश गरेको थियो । फाईनल राउण्डको लागि शनिबार भएको दुर्गा मावि र पशुपति मावि बीचको खेलमा दुर्गा माविले पशुपति माविलाई १–० गोलले पराजित गरेसँगै प्रथम पुरस्कारको विजेता बन्न सफल भयो । दुर्गा माविको जित सँगै खेलमा पशुपति मावि तिनपा कोटिहवा दोश्रो, टिकुलीगढ मावि तिनपा टिकुलीगढ तेश्रो र ठुटिपिपल मावि सियारी गापा चौथो भएका छन् । बनको खेल मैदानमा भएको खेलमा प्रथमलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ, तृतीयलाई २० हजार रुपैयाँ, सान्तवनालाई दश हजार रुपैयाँ पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र सहित बनका अध्यक्ष तथा प्रमुख अतिथी भोला प्रसाद यादब, खेल संयोगक मिना पाण्डेले लगायतले सम्मान गरेका थिए । साथै खेलमा उत्कृष्ट गोल किपरमा दुर्गा माविकी ईशा थापा र उत्कृष्ट खेलाडीमा पशुपति माविकी विन्दु चौधरी पनि पुन सम्मानमा परेका थिए ।
नेपाल बंगलादेश बैंकद्धारा अनाथ अपाङ्ग आश्रय नेपाललाई कम्बल हस्तान्तरण
काठमाडौं । नेपाल बंगलादेश बैंकले काठमाडौँस्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई ३५ वटा कम्बल हस्तान्तरण गरेको छ । बैंकले सो अनाथालयमा अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज बनाउन उक्त ब्ल्यांकेट वितरण गरेको हो । बैंकका संचालक मुकुन्द नाथ ढुंगेलले सो अनाथ आश्रयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा सो संस्थाका अध्यक्ष गोपल बहादुर कार्कीले सहयोगका लागि धन्यबाद ज्ञापन गरेका छन् । बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरु तथा बालबालिकाहरुका जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ ।