नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको कोलकतामा
काठमाडौं । नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको ‘कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा भएको छ । कोलकतास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा विभिन्न देशको बालबालिका लक्षित गरी बनाइएको नाटकसँगै नेपाली नाटक पनि मञ्चन भएको हो । राराहिल स्कूलको प्रस्तुति र थिएटर मल नेपालको थिएटर सेन्टर फर चिल्ड्रेनले संयोजन गरेको नाटकको लेखन, परिकल्पना तथा निर्देशन रंगकर्मी केदार श्रेष्ठले गरेका हुन् । ११ देशका १७ नाटकले सहभागिता जनाएको महोत्सवमा नेपालबाट छनौट भएको ‘करेसा कन्सर्ट’ को बुधबार नेपालसंगै रसिया, इरान र श्रीलंकाको नाटक पनि मञ्च भएको थियो । महोत्सवमा चीन, मेक्सिको, मलेसिया, हंगेरी, बंगलादेश, प्यालेस्टाइन, भारतका नाटकहरु पनि सहभागी छन् । राराहिल कीर्तिपुरकै विद्यार्थीहरुले अभिनय गरेको नेपाली नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारी पात्रहरुको कथा छ । नाटकमा विभिन्न पात्रहरु मार्फत तरकारीको महत्व र विशेषतालाई नाटकीकरण गर्दै मानव स्वास्थ्यमा त्यसको लागि आवश्यकता उल्लेख गरिएको छ । साथै, नाटकले अर्को पाटोबाट नेपाली समाजको चित्रण गर्दै समाजिक अस्तित्व, भेदभाव, अन्यौलता र निर्णयलाई चित्रण गरेको छ । नाटकमा नसना महर्जन, सविना सेन, सुधा खनाल, मञ्जु महर्जन, कविना रोक्का, ओसिन राई, सुधा खनाल, सुजाता भट्ट र लकस महर्जनको अभिनय छ । रंगकर्मी सञ्जिता पराजुलीले कोरियोग्राफी गरेको नाटकमा शंकर भण्डारी स्टेज म्यानेजर छन् भने नाटकको कला तथा कस्ट्युम डिजाइन फाइन आर्टिस्टहरु संघ्राम महर्जन र सुजिता महर्जनले गरेका हुन् । राराहिलका सुनिल महर्जन र नीरज महर्जनको नेतृत्वमा गएको नेपाली नाट्य टोली महोत्सवमा नाटक प्रस्तुतिपछि शनिबार देश आइपुग्दैछन् । रंगकर्मी केदार श्रेष्ठले ५ देखि १५ वर्ष उमेर समूहका लागि लक्षित गरेर यो नाटक तयार पारेका हुन् । अरु देशमा बाल रंगमञ्चको स्थान उच्च रहेको अवस्थामा नेपालमा भने बाल रंगमञ्च अभाव र यसप्रति वेवास्ता छ । बालबालिका पहिलो प्राथमिकतामा रहने समाज नै उन्नत र समृद्ध हुने विश्वासका साथ थिएटर मलको थिएटर सेन्टर फर चिल्ड्रेन प्रतिबद्ध छ ।
४ लाखले बढेर ९ लाख भयाे स्वर्ण पुरस्कार राशी, गौरिकाले मात्रै ६५ लाख रूपैयाँ पाउने
काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सरकारले स्वर्ण जित्ने खेलाडीहरुलाई प्रतिव्याक्ति ४ लाख रूपैयाँ पुरस्कार बढाएको छ । यसअघि सरकारले ५ लाख मात्र दिँदै आएकोमा यो पटक भने बढाएर ९ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि उनले घोषणा गरेका छन् । टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् । सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले पुरस्कार पनि सबैभन्दा धेरै पाउने भएकी छन् । प्रधानमन्त्रीले गरेको घोषणामा सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले ४४ लाख पाउने भएकी छिन् । रजत जित्नेलाई ६ लाख घोषणा गरिएअनुसार २ रजत जितेकी गौरिकाले थप १२ लाख पाउनेछिन् । त्यस्तै, उनले ३ कास्य पदक जितेकीले ९ लाख पाउने छिन् । यसरी हेर्दा उनले कम्तिमा ६५ लाख पाउने छिन्। काठमाडौंमा मंगलबार सम्पन्न भएकाे सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो । यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।
बजार अनुगमनबाट ३५ लाख उठ्दा ३६ लाख कर्मचारीलाई भत्ता, सांसदको प्रश्न- ‘यो कस्तो बजार अनुगमन ?’
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण समितिका सदस्य एलपिसवा लिम्बुले चाडपर्वको समयमा अनुगमन गरेर उठेको रकमभन्दा धेरै पैैसा अनुगमन गर्ने कमचारीले भक्ताको रुपमा बुझेको बताए । उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई पनि सोधे यो कस्तो अनुगमन हो । अनुगमनबाट ३५ लाख जरिवना उठने तर ती अनुगमन गर्ने अधिकारीहरुको भत्ता नै ३६ लाख हुने । संघ प्रदेश र स्थानीय तहको भूमिकाबारे उपभोक्ता हित संरक्षण मञ्चले आयोजना गरेको अन्तरक्रियामा बोल्दै लिम्बुले बजार अनुगमन भत्ता लिनको लागि हो कि व्यापारीलाई सजक गराउनलाई हो भनेर प्रश्न गरे । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी रोक्न कुनै कसुर बाँकी नराख्ने बताए । बजार अनुगमन व्यवस्थित गर्न मन्त्रालयले काम गरिरहेको समेत उनले जानकारी दिए । व्यवसायीलाई जिम्मेवार बनाउने गरी मन्त्रालयले काम गरिरहेको छ । ‘बजार अनुगमन भन्दा पनि बजार सचेतना पहिलो कुरा भएकोले कानून नटेर्नेलाई तह लगाउन सरकार तयार छ । उत्पादक, व्यापारी र उपभोक्ता उत्तरदायी हुनेगरी सचेतनाको काम अघि बढाउने उनले बताए । कायक्रममा बोल्दै वणिज्य सचिव बैकुण्ठ अर्यालले बजार अनुगमनको नयाँ ढाँचाबारे मन्त्रालयले काम गरिरहेको छ । पहिले बुझाउने, दोस्रो सम्झाउने, तेस्रो सर्जीकल स्ट्राईक गर्ने छ । बजार व्यवस्थापनका लागि संघ र प्रदेशले बनाएको कानुनका अस्पष्टता अन्त्य गर्न मन्त्रालय तयार रहेको उनले बताए । त्यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले तत्कालिन अवस्थामा कानुन बनाउँदा संघका लागि मात्रै हो भन्ने सोच देखियो भन्ने छ त्यसलाई अब सच्याएर अगाडि बढने बताए । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले बजार अनुगमनको ऐनमा कमजोरीहरु रहेको बताए । कानुन बनाउँदा व्यापारी सांसदहरुले ऐनमा चलखेल गर्दा मालिक भन्दा पनि कामदार दोषी ठहरिने गरी ऐन आएकोले अनुगमनमा समस्या रहेको बताए ।