सुदूरपश्चिमलाई पोखराले दियो १४६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पोखराले सुदूरपश्चिमविरुद्ध २० ओभरमा ७ विकेट गुमाउँदै १४६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

पोखराका लागि अर्जुन घर्तीले ४० रन, मेहदी हसनले ३२ तथा कुशल भुर्तेलले २१ रन जोडे । शकिब अल हसनले १४ रन बनाउँदा धनन्जय लक्षणले ११ रन जोडे ।

बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले तीन विकेट लिँदा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्लेइनले एक–एक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पोखरा ब्याटिङमा आएको थियो ।

Share News