आज एनपीएलमा काठमाडौं र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । आज जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् । यी दुई टोलीबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा काठमाडौं गोर्खाजको यो पहिलो खेल हो । जनकपुर बोल्ट्स भने यसअघि भएको खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।

आजै साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुनेछ । विराटनगर किंग्स पनि प्रतियोगिताको आफ्नो अघिल्लो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।

Share News